मन्त्रीको गाडीमा आगजनी, बालकुमारी क्षेत्र तनावग्रस्त

१३ पुष २०८० १४:२९

१३ पुस, काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले बालकुमारी क्षेत्रमा मन्त्रीको गाडीमा आगजनी गरेका छन् । आन्दोलनका कारण ललितपुरको बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ । उनीहरुले मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।

अहिले आन्दोलनका कारण कोटेश्वर–कलंकी सडकको यातायात प्रभावित भएको छ । शुक्रबार मध्यान्ह भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा प्रदर्शनकारीहरुले आगजनी गरेका हुन् ।

मन्त्री ज्वाला क्वाटरबाट पार्टीको केन्द्रीय समिति बैठक जान हिँडेका उनलाई बालुकुमारी क्षेत्रमा प्रदर्शनकारीहरुले रोकेका थिए । मन्त्री र पीएसओ गाडीबाट हटेपछि प्रदर्शनकारीहरुले आगजनी गरेका हुन् ।आगजनीबाट गाडी ध्वस्त बनेको छ भने मन्त्री ज्वाला सुरक्षित रहेका छन् ।