कुवेतले ‘साहेल’ एपमार्फत पार्ट-टाइम श्रम स्वीकृतिका लागि शुल्क तोक्यो

निरेम अपडेट
२० माघ २०८० ११:२४

कुवेत/ कुवेतले ‘साहेल’ एपमार्फत पार्ट-टाइम श्रम स्वीकृतिका लागि शुल्क तोकेको छ । जनशक्तिका लागि सार्वजनिक प्राधिकरण (PAM) ले साहेल एपमार्फत पार्ट-टाइम कार्य अनुमति प्राप्त गर्न सेवा सुरु गरेको अल-सेयसाह दैनिकमा समचार छ ।

कुवेतमा श्रम बजारको माग अनुसार रोजगारदाताहरूको लागि जनशक्ति पूरा गर्न र जनसांख्यिकीय असंतुलनको समस्यालाई मध्यनजर गर्दै यहाँ कार्यरत रहेका कामदारहरूबाट लाभान्वित हुने प्रक्रियालाई सहज बनाउन, श्रम बजारलाई व्यवस्थितका लागि पार्ट-टाइम कामको अनुमति दिन लागिएको हो ।

पार्ट-टाइम कामका लागि अनुमति प्राप्त गर्न निम्न सर्त र शुल्कहरू लाग्ने छ ।
१. अफूले काम गरिरहेको कम्पनीको रोजगारदाताबाट स्वीकृति लिन पर्ने ।
2. अनुबंध क्षेत्र बाहेक बढीमा चार घण्टामात्र काम गर्न पाइने ।
3. सम्बन्धित शुल्कको भुक्तानी – एक महिनाको लागि ५ केडी, तीन महिनाको लागि १० केडी, ६ महिनाको लागि २० केडी र एक वर्षको लागि ३० केडी शुल्क लाग्ने छ ।

कुवेती नागरिकहरूलाई भने यी सर्तहरू र शुल्कहरूबाट छुट दिइएको छ । उनीहरूले प्रतिस्पर्धात्मकताको सुरक्षासम्बन्धी कानुनअनुसार मूल रोजगारदाताको स्वीकृति लिएर पार्टपार्ट-टाइम कामको लागि आवेदन दिन सक्छन् ।