“अल मुल्ला एक्सचेन्ज ,सरोकार समाज गोल्ड कप २०२४” आगामी १६ फेब्रुअरीमा खेलाईने

निरेम अपडेट
२३ माघ २०८० ०:२२

कुवेत –  “प्रथम अलमुल्ला सरोकार समाज गोल्ड कप २०२४” आगामी फेब्रुअरी १६ तारिख शुक्रबारका दिन खेलाईने भएको छ। “समाज र देश निर्माणका लागि यूवा एकता” भन्ने मुल नारा लाई लिएर २०१४ मा स्थापना भएको नेपाल कुवेत सरोकार समाजले फुटबल टुर्नामेण्ट आयोजन गर्न लागेको छ।

अल मुल्ला एक्सचेन्ज कुबेतको मुख्य प्रायोजनमा फुटबल टुर्नामेण्ट आगामी १६ तारिख शुक्र्बार दिन कुवेतको फाहाहिल स्थित सुकसवा फुटबल मैदानमा खेलाईने भएको छ।   टिम दर्ता र टाईसिट ०९ फेब्रुअरी २०२४ को दिन महबुल्लाको फुटबल मैदानमा गराउने जानकारी आयोजकले दिएको छ।

खेलबारे जानकारी लिन निम्न नम्बरमा सम्पर्क गर्न सक्नु हुने छ।

अध्यक्ष _सुर्य लामा 50701830

खेल प्रमुख -दिनेश गुरु 66637264

संरक्षक -जिमि मगर 94420636

महासचिव -राजु धिमाल 65819044/65711339