कोरियामाथि जित दर्ता गर्दै जोर्डन एसियन कपको फाइनलमा

निरेम अपडेट
२४ माघ २०८० ११:४३

उपाधि दावेदार टोली कोरियामाथि नाटकीय जित दर्ता गर्दै जोर्डन कतारमा जारी एएफसी एसियन कपको फाइनलमा प्रवेश गरेको छ । अहमद बिन अलि रंगशालामा आज भएको खेलमा जोर्डनले दक्षिण कोरिया माथि २-० को रोमाञ्चक जित दर्ता गरेको हो ।

खेलको ५३ औं मिनेटमा याजन नैमातले गोल गर्दै जोर्डनलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ६६औं मिनेटमा मुसा अल तामारी जोर्डनका लागि अग्रता दोब्बर बनाए।प्रतियोगिताको समिफ़ाइनल अन्तर्गत भोलि आयोजक कतारले इरानको सामना गर्दैछ । फाइनल खेल फेब्रुअरी तारिक हुनेछ।