६ महिनामा ७ अर्ब ३३ अर्ब रेमिट्यान्स

निरेम अपडेट
२५ माघ २०८० १०:३१

काठमाडौं – चालु आर्थिक वर्षको ६ महिनामा सात खर्ब ३३ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ।

नेपाल राष्ट्र बैङ्कको आर्थिक वर्ष २०८०/०८१ को ६ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार यो अवधिमा सात खर्ब ३३ अर्ब रेमिट्यान्स भित्रिएको हो।

समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह २५.३ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २४.३० प्रतिशतले बढेको थियो।

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह पनि २२.६० प्रतिशतले बढेर पाँच अर्ब ५२ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो।

पछिल्ला केही बर्षयता रेमिट्यान्स आउने दरमा निरन्तर वृद्धि देखिएको छ।