इरानलाई पराजित गर्दै कतार एसियन कपको फाइनलमा

निरेम अपडेट
२५ माघ २०८० ११:४०

इरानलाई पराजित गर्दै कतार एसियन कपको फाइनलमा प्रवेश गरेको छ ।अल थुमामा रंगशालामा सम्पन्न  खेलमा इरानलाई ३–२ गोलान्तरमा स्तब्ध पार्दै कतार फाइनलमा प्रवेश गरेको हो ।

खेलको ४ औं मिनेटमा नै कतार एक गोलले पछि परेको थियो । कतारको जितको लागि १७ औं मिनेटमा जस्सिम ४३ औं मा अकरम अफिफ र ८२ औं मिनेटमा अल्मोयज अलिले गोल गरेका थिए।

आयोजक कतार पछिल्लो संस्करणको विजेता पनि हो।कतारले अब १० तारिक जोर्डन संग लुसेल रंगशालामा बेलुका ६ बजे फाइनल खेल खेल्नेछ।