नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको बैठक सम्पन्न

निरेम अपडेट
२६ माघ २०८० २३:०२

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको समिक्षा बैठक सम्पन्न भएको छ । कुवेतस्थित फर्वानियामा रहेको एभरेष्ट नेपाली रेस्टुरेन्टमा बसेको शाखाको बैठकले गत २६ जनवरीमा सम्पन भएको चौथो अधिवेशनको बारेमा गम्भीर समीक्षा गरेको छ ।

बैठकले समग्रमा चौथो अधिवेशन समारोह भव्यरुपमा सफल भएको ठहर गर्दै कार्यक्रममा देखिएका कमीकमजोरीहरुलाई आगामी दिनमा सच्याउने प्रतिवद्धता गर्दै कार्यक्रम सफल बनाउन प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग गर्ने सबै संघ-संस्था व्यक्ति, प्रायोजकहरु सबैलाई धन्यवाद ज्ञापन गरेको छ । त्यस्तै बैठकले संरक्षकमा जय आले मगर र नबराज पन्थीलाई चयन गरेको छ ।

त्यसैगरी सल्लाहकारमा आनन्द आचार्य , लोमश बास्तोला र नैनकला राईलाई चयन गरेको छ ।