कुवेतमा कीशुम महर्जन गत सोमवारदेखि सम्पर्कबिहिन

निरेम अपडेट
२७ माघ २०८० १९:५१

-विपिन अर्याल

कुवेतमा कीशुम महर्जन गत सोमवारदेखि सम्पर्कबिहिन भएका छन । करिव ६ महीना पहिला अल हमाजि ग्रुपमा काम गर्न आएका कीशुम गत सोमवार नेपाल जाने साथिलाई परिवारको लागी पार्सल छोड्न गएको बुझिएको छ ।

नेपाली राजदूतावास कुवेतले परीवारबाट सुचना प्राप्त भएको र खोजिकार्यलाई तीव्र पारेको जनाएको छ ।हप्तादिन यता सम्पर्कमा नआएपछी कम्पनि , दूतावास कुवेत सबैतिर खोजिको अपिल गरिएको जनाउदै निजका बाबु तिर्थराज मर्हजनले खोजि कार्यमा सहयोग गर्न कुवेतवासी सबैमा अनुरोध गरेका छन ।

यदि कसैले कही कतै देख्नु भेट्नु भएमा हाम्रो निरेमहटलाई नम्वर – 60067572, 95568234 मा सम्पर्क गरिदीनुहोला !