किरात याक्थुङ चुम्लुङ कुवेतको १२ औं बार्षिक उत्सव सम्पन्न

निरेम अपडेट
२७ माघ २०८० २०:१७

सुरेन्द्र लिम्बु-

कुवेत/ ९ फेब्रुअरी शुक्रवारका दिन कुवेत स्थित जिलिबको पपिन्स हलमा आफ्नो मौलिक सस्कृती झल्किने सास्कृतिक नाच, झाकी,नृत्य कार्यक्रम कार्यक्रम गरि किरात याक्थुङ चुम्लुङ कुवेतको १२ औ बार्षकउत्सव तथा कक्फेक्वा तङनाम भव्यताका साथ मनाइएको छ ।

कियाचु कुवेतका अध्यक्ष लीलाभक्त चेम्जोङको सभाध्यक्षतामा नेपाल पत्रकार महासङ्घ वैदेशिक शाखाका अध्यक्ष एकराज मल्ल , एनआरएनए आईसिसि सस्दस्य हरि लावती सहित भिबिन्न जातीय संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

समारोह सुभारम्भ पानसमा बत्ती बालेर उद्धघाटन गरि आफ्नो माटो आफ्नो देशलाई सम्झिदै राष्ट्रगान सगै अतिथिहरुको मन्तव्य सँगै केलाङ,गायन, नृत्य, सम्मान कार्यक्रम,खेलाडीहरु लाई प्रोत्साहन स्वरूप सम्मानपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा आफ्नो मौलिक भेषभुसामा कुवेतमा रहेका लिम्वु लिम्बुनीहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो ।