कतारले लगातार दोस्रो पटक एसियन कपको उपाधि जित्यो

निरेम अपडेट
२८ माघ २०८० ९:४९

कतारले लगातार दोस्रो पटक एसियन कपको उपाधि जितेको छ ।शनिबार राति सम्पन्न फाइनल खेलमा जोर्डनलाई ३-१ गोल अन्तरले पराजित गर्दै कतारको एसियन कपको उपाधि जितेको हो ।कतारको जितमा आक्रम अफिफले ह्याट्रिक गरेका थिए । उनले तिनै गोल पेनाल्टीबाट गरेका थिए । त्यसैगरी जोर्डनका लागि एक गोल यजन अल नैमतले गरेका थिए ।

यस अघि २०१९ मा पहिलो पटक विजेता बनेको कतारले लगातार दोस्रो पटक उपाधि जितेको हो । कतार लगातार दोस्रो पटक एसियन कप जित्ने चौथो देश बनेको छ । यस अघि साउदी अरेबियाले १९८४ र १९८८ मा, इरानले १९६८ र १९७२ मा तथा दक्षिण कोरियाले १९५६ र १९६० मा एसियन कप जितेको थियो ।योसँगै पहिलो पटक फाइनलमा पुगेको जोर्डन उपविजेता बनेको छ ।