इराकमा विद्युत्तीय राहदानी नविकरण शिविर सम्पन्न , ५४८ जनाले लिए नवीकरण सेवा!

निरेम अपडेट
२८ माघ २०८० २०:५६

कुवेत /नेपाली राजदूतावास कुवेतको आयोजनामा पहिलोपल्ट इराकमा मिति २०८० साल माघ १९ देखि २४ सम्म तदनुसार ०२- ०७ फेब्रुअरी २०२४ मा इराकमा रहेका नेपाली नागरिकहरूलाई लक्षित गरी ६ दिनको राहदानी नवीकरण शिविर सम्पन्न गरिएको छ ।

६ दिनसम्म सञ्चालित उक्त शिविरमा इराकको अर्विल र सुलेमानिया क्षेत्रमा रहेका ५४८ (पाँचसय अठ्चालिस) जना सेवाग्राहीले विद्युत्तीय राहदानी नवीकरण सेवा लिएकाछन । उक्त शिविरमा समस्यामा रहेका र नेपाल जान चाहने नेपाली नागरिकको लागि एकतर्फी यात्रा अनुमतीपत्र समेत निशुल्क रुपमा जारी गरिएको थियो ।

उक्त शिविर सञ्चालनको निमित्त गैर आवासीय नेपाली संघ, इराकका पदाधिकारीहरूले समन्वय गरेका थिए । उक्त शिविरमा नेपाली राजदूतावास कुवेतका प्रथम सचिव सुजन विडारी र तृतीय सचिव श्रेवन्त बहादुर के.सी.को सहभागीता रहेको थियो । इराकमा रहेका नेपाली सेवाग्राहीको राहदानी नवीकरणको सहजताको निमित्त सम्पर्क व्यक्तिको रुपमा विनोद श्रेष्ठले समन्वय गरेका थीए ।

यो खबर नेपाली राजदूतावास, कुवेतको आधीकारीक पेज बाट लिएका छौं।