तमु धीं जापानको २० औं अधिवेशन पछि विवाद चर्कियो ( असन्तुष्ट पक्षको विज्ञप्तिसहित )

तमु धीं जापानमा विवाद चर्कियो, असन्तुष्ट पक्षले छुट्टै भेला गर्दै

निरेम अपडेट
५ फागुन २०८० २१:०८

जापान । तमु धीं जापानको २० औं अधिवेशन र नयाँ कार्यसमिति चयनको विषयलाई लिएर केहि पुर्वपदाधिकारी एवम उम्मदेवारहरुले असन्तुष्टी व्यक्त गरेका छन् । अधिवेशनमा कोषाध्यक्ष पदका उम्मेदवार लिल (नमस्ते) तमुले विज्ञप्ती प्रकाशित गर्दै संस्थाको साँगठानिक प्रतिवेदन र लेखा सम्बन्धि अभिलेख अधिवेशनको बन्दसत्रमा समेत प्रस्तुत नगरि गैरजिम्मेवार र अवैधानिक काम रहेको भन्दै पुनः विधिसबंत निर्वाचनको माग राखेका हुन् ।

संस्थाको हित विपरित संस्थालाई अनिर्णयको बन्दी बनाउने, अधिवेशनको मर्मलाई अमर्यादित तरिकाले मानोमानी ढंगले निर्वाचन मण्डलका कथित संयोजकले एकलौटी हस्तक्षेपकारी ढंगले बन्दसत्रलाई अगाडी बढाएर कुनै पनि आचारसंहिता पनि नबनाई विभिन्न पदहरूमा परेको उम्मेदवारहरू माथि केही सुनुवाई नगरी आयोजक समितिका संयोजक निवर्तमान अध्यक्ष रमेश कुमार तमुले आफ्नो खल्तीबाट रेडिमेट कार्यसमितिको नामावाली कथित निर्वाचन समितिलाई बुझाएर नाटकिय तरिकाबाट हिमाली तमु अध्यक्ष सहितको नयाँ कार्यसमिति गठन गरेको प्रति हाम्रो गम्भिर आपत्ती छ विज्ञप्तीमा भनिएको छ ।

अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार रहेका जिवन तमु, संस्थामा लामो समय योगदान दिएका पुर्व महासचिव तथा निर्वमान उपाध्यक्ष चित्र तमु, निवर्तमान महासचिव खेम तमु, निवर्तमान सहकोषाध्यक्ष टम प्रसाद तमु, युवराज तमु, मोती तमु, महेन्द्र तमु, चन्द्र तमु, प्रकाश कोके तमु, सिता तमु, सुजन तमु, प्रिती घोताने तमु लगायतको समर्थनमा प्रेसित विज्ञप्तीमा “समाजको नेतृत्व चयन गर्ने जस्तो गम्भिर कुरामा पनि केहि व्यक्तिले कुनै निजि कम्पनिको निर्देशक छनोट गरे जस्तो नयाँ कार्यसमिति गठंन गरिएको यो प्रकया अवैधानिक अलोकतान्त्रिक छ । साथै यस्ता प्रवृत्तिले तमु समुदयको संस्कार संस्कृति, हक–अधिकार, उत्थान, सुख–दुःखमा साथ सहयोग, कला–संस्कृतिक , भेषभुषा , आफ्नो पहिचानका कुनै पनि कुरा गर्न नसक्ने ठहर गरेका विज्ञप्तिमा उल्लेख छ ।

अधिवेशन संस्थाको विधि, विधान र नीतिनियम विपरीत गई सबै जापानवासी तमुहरुलाई समेट्न नसकेको र केहि मुठ्ठीभरका व्यक्तिहरुले संस्था कब्जा गरेकाले साथै निर्वाचन समिति पनि गैर जिम्मेवार भएकोले अबको दिनमा तमु धीं जापानले तमाम् तमुहितको लागि कुनै पनि काम गर्न नसक्ने कुरामा प्रष्ट हुदै सम्पुर्ण जापानवासी तमुहरुलाई प्रष्ट्र हुन अनुरोध समेत गरेका छन् । असन्तुष्ट पक्षले अवैधानिक कार्यसमितिलाई तत्काल खारेज गरि अर्को निर्वाचन समिति गठन गरी २४ घण्टाभित्र प्रकृया अगाडी बढाउन हामी जोडदार माग गरेको छ । संस्थालाई विधि विधान अनुरुप चलाउने प्रयासलाई असफल बनाई दिएको समय सिमाभित्र प्रकृया अगाडी नबढाए बाध्य भएर जापानमा बृहत तमुहरूको भेला गर्नुको कुनैं विकल्प नरहने कुरा यसै विज्ञप्ती मार्फत अवगत गराउने विज्ञप्तीमा भनिएको छ ।