गोरखा किचन रेस्टुरेन्ट कुवेतको दोश्रो सुपर कप फुटबल प्रतियोगिता १९ अप्रिलमा हुने, १० टिम भिड्दै

निरेम अपडेट
६ वैशाख २०८१ १८:२१

कुवेत / गोरखा किचन रेस्टुरेन्ट कुवेतको दोश्रो सुपर कप फुटबल प्रतियोगिता १९ अप्रिलमा हुने भएको छ ।

गोरखा किचन रेस्टुरेन्ट कुवेतको आयोजनामा हुने प्रतियोगितामा अन्तर नेपाली १० टिम सहभागी हुने आयोजकले बताएको छ । प्रतियोगितामा तामाङ घेदुङ, एनडीआर एफसी, सानु रेस्टुरेन्ट एफसी, एनके एसएस , किरात राई वाई कुवेत, धनकुटा एफसी, मङ्गाफ एफसी, पूर्वेली टाईगर एफसी, न्यू गोर्खाली एफसी, किरात वाइ सी कुवेतको सहभागी हुनेछ ।

कुवेतको शोकसभा फाहाहिलस्थित खेल मैदानमा हुने खेलको टाईसिट समेत भईसकेको आयोजकले बताएको छ । प्रतियोगिताको समुह ‘ए’ तामाङ घेदुङ, एनडीआर एफसी, सानु रेस्टुरेन्ट एफसी, एनके एसएस र किरात राई वाई कुवेत रहेको छ भने समुह ‘बी’ मा धनकुटा एफसी, मङ्गाफ एफसी, पूर्वेली टाईगर एफसी, न्यू गोर्खाली एफसी र किरात वाइ सी कुवेत रहेको छ ।

फुटबल प्रतियोगिता हुने मिति , समय र स्थान निम्न रहेको छ ।
मिति – १९ अप्रिल २०२४, शुक्रवार
समय – दिनको ३ बजेदेखि खेल सुरु
स्थान- शोकसभा फाहहिल, कुवेत