अन्तिम खेलमा नेपालको सानदार जित, वेस्ट इन्डिज ‘ए’ ६ विकेटले पराजित

निरेम अपडेट
२२ वैशाख २०८१ १५:३४

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको ट्वेन्टी– २० शृङ्खलाक अन्तिम खेलमा नेपालले सान्दार जित हासिल गरेको छ।

शनीबार त्रिवि क्रिकेट मैदानमा पाहुना टोलीलाई ६ विकेटले जित हासिल गरेको हो। वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेटको क्षतिमा भेटायो।

नेपालका लागि आसिफ शेख र अनिल साहले अर्धशतक प्रहार गरे। शेखले ३५ बलमा २ चौका र ५ छक्का हिर्काउँदै ५१ रन बनाए। साहले ४५ बलमा ४ चौका र ४ छक्काको मद्दतले ५८ रन बनाए।