कुवेतमा रसुवाकी युवती सम्पर्कविहीन

निरेम अपडेट
१२ जेठ २०८१ १२:२१

रोजगारीका लागि कुबेत पुगेकी उत्तरगया गाउँपालिका –४ की २९ वर्षीया कमला वाइवा ११ दिनदेखि हराइरहेकी छन्।उनको खोजी कार्य गरिदिन आफन्तले अनुरोध गरेका छन् ।  रोजगारीका लागि २१ महिनाअघि कुवेत पुगेकी कमला वाइवा बेपत्ता भएपछि खोजी कार्य जारी रहेको छ । परिवारले खोजीका लागि सामाजिक अभियन्ता सावित्री अधिकारीलाई र सबै सञ्चार माध्यमममा अनुरोध गरेका छन् ।

छोरीसँग अन्यत्र काम  गर्ने वा नेपाल फिर्ता पठाइदिने भनेर कम्पनीले पासपोर्ट मागेपछि सम्पर्कविहीन भएको र अधिकारीको पहलमा खोजी भइरहेको परिवारले बताएको छ। खोजीका लागि सक्दो सहयोग गरिदिन कमलाका बाबु काजीमान वाइवाले सवैलाई अनुरोध गरेका छन् । वाइवा समेत २६ जना कुवेतमा हराइरहेको सूचना छ ।

हेमनाथ खतिवडा