कुवेतमा बुद्ध जयन्ती

निरेम अपडेट
१२ जेठ २०८१ १७:३४

कुवेत/नेपाल तामाङ घेदुङ कुवेतले मिति २४ मे २०२४ मा २५६८ औं बुद्ध जयन्तीको पावन अबसरमा मांगफको मेमोरी हलमा एक भब्य कार्यक्रम गरि मनाएको छ ।

तामाङ जातिको परम्परागत शैली अनुसार कार्यक्रममा दीप प्रज्वलन, शान्ति पाठ पूजा गरिएको थियो ।

नेपाली राजदूतावासको तृतीय सचिव रेवन्त केसी, गैर आवासीय नेपाली संघ कुवेत अध्यक्ष राना लामा,आइसिसि सदस्य हरि लावती, घेदुङ्ग केन्द्रिय सदस्य निर्मल स्याङ्तान, जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत लोप्चन लगायतका अतिथिहरुले केक काटेर दिप प्रज्वलन गरि कार्यक्रमको उद्धाटन गरेका थिए ।

उक्त कार्यक्रममा नेपाली राजदूतावासको तृतीय सचिव रेवन्त केसीको प्रमुख आतिथ्यतामा, गैर आवासीय नेपाली संघ कुवेत अध्यक्ष राना लामाको बिसेस अतिथि, आइसिसि सदस्य हरि लावती, घेदुङ्ग केन्द्रिय सदस्य निर्मल स्याङ्तान, जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत लोप्चन, सल्लाकार केशर घलान लगायतका बक्ताहरुले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रमको संचालन युग लामा, स्वागत मन्तब्य हर्क मोक्तान र अध्यक्ष पेमा लामाको सभापतित्वमा सम्पन्न भएको थियो ।