“पाँचौं म्युजिकल धमाका” कुवेतमा सम्पन्न , कुवेती कलाकार मुबारक अल रसिदले नेपाली गीत गाए

निरेम अपडेट
१९ जेठ २०८१ १८:४०

कुवेत। नेपाल कुवेत सरोकार समाज द्वारा आयोजित “पाचौं सांगीतिक धमाका” भव्य रुपमा सम्पन्न भएको छ।नेपालबाट आमन्त्रित राष्ट्रिय एबं ख्यातिप्राप्त कलाकारहरु गायक शिव परियार र गायिका रचना रिमालको साथमा कुवेतस्थित जिलिबको स्पायर स्कुलको सभाहलमा हिजो मिती ३१ मे २०२४ मा दिन सो कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रममा कुवेतलाइ कर्मथलो बनाएर बसेका सहयौ नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो। समाजका अध्यक्ष सुर्या लामाको सभापतित्वमा प्रमुख अतिथि नेपाली राजदूतावास कुवेतका राजदूत घनश्याम लम्साल, बिशिस्ट अतिथि NRAN कुवेतका अध्यक्ष रणध्वज लामा, पत्रकार महासंघको बैदेशिक शाखा कुवेतको अध्यक्ष राज मल्ल र कुवेतमा कृयाशिल नेपाली संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्य रहेको थियो ।

कार्यक्रममा कुवेती कलाकार मुबारक अल रसिदले नेपाली गीत गाएर मनमोहक प्रस्तुति दिएका थिए । त्यसपछि शिव परियार र रचना रिमालको भावपूर्ण प्रस्तुतिले दर्शकलाई अन्त्यसम्म मोहित बनाएको थियो ।आध्यक्ष लामाले  अतिथि कलाकारहरूको हृदयदेखि नै प्रशंसा गर्दै र प्रायोजकहरू, स्वयंसेवकहरू र मिडियाहरूलाई उनीहरूको अमूल्य सहयोगको लागि कृतज्ञता व्यक्त गर्दै साँझको समापन भयो। कार्यक्रमले नेपाली संस्कृतिलाई मात्र नभई कुवेतमा रहेका नेपाली समुदायबीच एकताको भावना पनि जगाएको थियो ।