नेपाल कुवेत साँस्कृतिक मन्चले चर्चित राष्ट्रिय लोक दोहोरी गायिका “पूर्णकला बीसी”को साथमा तिज मनाउने

निरेम अपडेट
२९ जेठ २०८१ १९:१७

कुबेत/“हाम्रो संस्कृति, हाम्रो पहिचान” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित सबै भन्दा पुरानो सांगीतिक संस्था नेपाल कुवैत सांस्कृतिक मञ्चले आफ्नो २३ औं प्रस्तुती स्वरुप नेपाली नारीहरुको महान पर्वको पावन अवसरमा हरितालिका तिज विशेष सास्कृतिक कार्यक्रम आगामी ०६ सेप्टेम्बर २०२४ का दिन चर्चित राष्ट्रिय लोक दोहोरी गायिका “पूर्णकला बीसी”को साथमा कुवेतको जिलिपस्थित एस्पाएर ईन्डियन स्कुल को सभाहलमा मनाउने भएको छ।

नेपाल कुवेत साँस्कृतिक मञ्चले स्थापना कालदेखी हरेक बर्षहरुमा नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज बिशेष सांगितिक धमाका गर्दै आएको छ। नेपाली कला र संस्कृतिको जगेर्णा तथा सांगीतिक मनोरन्जन प्रदान गर्ने नेपाल कुवेत साँस्कृतिक मञ्चको प्रतिबद्धता रहेको समेत जनाएको छ । उक्त कार्यक्रममा चर्चित लोकदोहोरी गायिका “पूर्णकला बीसी”को साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।