सु.प.समाज कुबेतद्वारा पूर्व सांसद रसाईली र महासमिति सदस्य भाट सम्मानित

निरेम अपडेट
९ असार २०८१ २१:५६

कुबेत/  “सुदुरपश्चिमका लागि सुदुरपश्चिमेलि” भन्ने मुल नाराका साथ प्रवासमा संचालित सुदुरपश्चिमेलि नेपाली समाज कुबेतले दुई जना अथितिलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरेको छ ।

नेपाली जनसम्पर्क समिति कुवेतको चौथो अधिवेशनको अवसरमा कुबेत आउनु भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य,पूर्व सांसद,वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग प्रमुख प्रकाश रसाईली (स्नेही) र नेपाली काँग्रेस महासमिति सदस्य नरेन्द्र बहादुर भाटलाई शुक्रबार कुवेतस्थित शेफ नौशाद सिग्नेचर रेष्टुरेण्टको सभाहल फर्वानियामा आयोजित एक कार्यक्रममा सुदुरपश्चिमेलि नेपाली समाज कुबेतका संरक्षक,सल्लाहकार र पदाधिकारीहरुको सहभागितामा मायाको चिनो प्रदान गर्दै, खादा सहित सम्मान गरेको हो ।