मनी एक्सचेन्जमा सिण्डिकेटको जालो : ‘रेट फिक्सिङ्’ गर्ने १६ कम्पनीलाई कारवाही
फकिर/ कुवेत, ०८ अगस्ट
बिदेशी मुद्राको विनियम दरहरुमा सिण्डिकेट ( एकाधिकार ) खडा गरी आर्थिक कारोबार गर्ने १६ वटा मनी एक्सचेन्ज कम्पनीहरुलाई कारवाही गरिएको छ । प्रतिष्पर्धा संरक्षण प्राधिकरण ( क्यान) को अनुशासन बोर्डले कुवेतस्थित २० वटा एक्सचेन्ज कम्पनीहरुमध्य १६ वटा कम्पनीले वित्तिय अनुशासन र कानुन पालना नगरेको र रेट फिक्सडमा संग्लनता देखिएको भन्दै कारवाही स्वरुप आर्थिक जरिवाना तोकेको हो । तर, कारवाहीमा परेका एक्सचेन्ज कम्पनीहरु कुन कुन हुन् भन्ने चाँहि उल्लेख गरिएको छैन ।
स्रोतहरुका अनुशार वित्तिय अनुशासन पालना नगरी आफूखुशी विनिमय दर तोकी आर्थिक कारोबार गरेको आरोपमा यि १६ एक्सचेन्ज कम्पनीलाई सन् २०२० देखी २२ सम्ममा कुवेतले राजश्वबाट उठाउँनको कूल रकमको ३ देखी ५ प्रतिशतसम्म जरिवाना तोकिएको हो । विनिमय दरको मूल्य निर्धारण गर्न एक आपसमा साझेदार बनेर बैंकिङ कसूर गरेको भन्दै ति एक्सचेन्ज कम्पनीहरुलाई आर्थिक जरिवाना गरिएको कुवेतको केन्द्रीय बैंकले जनाएको छ ।
बैक तथा वित्तिय संस्थाहरुको कारोबारको अनुगमन र नियमन गर्ने निकाय प्रतिष्पर्धा संरक्षण प्राधिकरण ( क्यान ) का अनुशार जरिवाना गरिएका यि १६ वटा मनी एक्सचेन्ज कम्पनीहरुले बैंकिङ कारोबारमा अस्वस्थ अभ्यास गरेको र बैकिङ कारोबारसम्बन्धी नियमको ‘धारा ५’ उल्लङ्घन गरेको बताईएको छ ।
कुवेतको केन्द्रीय बैंकका अनुशार सन् २०२३ मा केन्द्रीय बैंकको निरक्षणमा संचालित ३२ वटा बैंक तथा वित्तिय संस्थाहरुबाट करिब ८० दशमलब १५ मिलियन दिनार राजश्व संकलन गरिएकोमा मनी एक्सचेन्ज कम्पनीहरुबाट मुद्रा बिक्रि तथा सटहि बापत मात्रै ६० दशमलब ३ मिलियन दिनार राजस्व संकलन गरिएको थियो । कुवेतको उधोग तथा वाणिज्य मन्त्रालय अन्तर्गत दर्ता भएका १ सय ५ वटा बैंक तथा बित्तिय सहित अन्य संस्थाहरुबाट गत आर्थिक बर्षमा ९३७ मिलियन दिनार राजस्व संकलन गरिएको केन्द्रीय बैंकले जनाएको छ । ति बैक तथा वित्तिय संस्थाहरुले गत आर्थिक बर्षमा मात्रै ४३ मिलियन दिनार खुद नाफा कमाएको केन्द्रीय बैंकको प्रक्ष्यपण छ ।
के हो ‘रेट फिक्सिङ् ?
कुनैपनि देशको विनिमय ( एक्सचेन्ज रेट ) दर उक्त देशको केन्द्रीय बैंकले निर्धारण गरेको हुन्छ । ।तर यो दरमा कैलेकाहि विश्व बजारमा प्रचलित सुनको भाउले पनि फरक पारेको हुन्छ । एक देशको मुद्राको भाउले अर्को देशको सुनको भाउसँग पनि सम्बन्धन राखेको हुन्छ । उदाहरणको लागी यदि आजको मितिमा नेपालको बजारमा सुनको भाउ महङ्गो छ भने नेपालको विनियम दर पनि महङ्गो हुन्छ । अर्थात सुनको मूल्य उच्च रहेको बेलामा सटहि दर उच्च हुन्छ । आज एक दिनारको सटहि दर ४ सय पैतालिस रुपैयाँ नेपाली छ तर त्यहि एक दिनारको हिजो ४ सय चालिस मात्र थियो भने हामीले नेपाली बजारमा सुनको भाउ वा विश्व बजारमा नेपाली मुद्राको भार हिजो बलियो थियो तर आज छैन भन्ने बुझ्न सक्छौं । मुद्राको भाउ कति भन्ने कुरा केन्द्रीय बैंकले निर्धारण गरेको हुन्छ । जस्तै आज एक कुवेती दिनार बराबर कति नेपाली रुपैयाँ भन्ने कुवेतस्थित केन्द्रीय बैंकले मनि एक्सचेन्जहरुलाई जानकारी गराएको हुन्छ । तर, मनि एक्सचेन्ज कम्पनीहरुले केन्द्रीय बैंकको उक्त दररेटलाई बेवास्ता गरि आफूखुशी मूल्य निर्धारण गर्नसक्छन् ।
मतलब केन्द्रीय बैंकका अनुशार आज एक कुवेती दिनारको ४ सय ४५ नेपाली रुपैयाँ भ्यालु छ भने एक्सचेन्ज कम्पनीहरुले तपाईलाई ४ सय ४२ वा ४३ रुपैयाँ मात्र दिनसक्छन् जसलाई ‘रेट फिक्सिङ्’ भनिन्छ । हाम्रो विश्वस्त समाचार स्त्रोतका अनुशार कुवेतमा मनि एकचेन्जहरुको एउटा यूनियन ( संगठन ) छ । उक्त यूनियनले नै आफ्ना सबै एक्सचेन्ज कम्पनीहरुलाई सटहि दर सर्कुलेशन गर्छ । उक्त सर्कुलेशन अनुशार ति यूनियनमा आवद्द सबै एक्सचेन्जहरुले केन्द्रीय बैंकको दररेटभन्दा फरक तर एकै दर रेट कायम गरेका हुन्छन । यसको मक्सद केन्द्रीय बैंकको दरभन्दा कम मूल्यमा कारोबार गरेर मुनाफा कमाउने र बोनस लगायत अन्य कृत्रिम आम्दानी गर्नु रहेको स्रोतले बताएको छ ।
प्रतिक्रिया दिनुहोस