कुवेतमा ८० किलोग्राम लागूऔषद (मेथाम्फेटामाइन) सहित दुई एसियाली नागरिक पक्राउ

निरेम अपडेट
२६ साउन २०८१ १:२७

कुवेत, १० जुलाई

कुवेत प्रहरीले ठूलो परिमाणमा लागूऔषद मेथाम्फेटामाइन (साबु) बरामद गर्दै दुई एसियाली नागरिकलाई पक्राउ गरेको छ। गृह मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विज्ञप्ति अनुसार ८० किलोग्राम साबुसहित पक्राउ परेका ती व्यक्तिहरूले सोधपुछका क्रममा लागुऔषध बिक्री गर्ने उद्देश्यले उक्त पदार्थ राखेको स्वीकार गरेका छन्।

मन्त्रालयका अनुसार, पक्राउ परेका व्यक्तिहरू कुवेत बाहिर एक प्रमुख लागूऔषध व्यापारीका लागि काम गर्दै आएका थिए। यो गिरोहको खुलासा कुवेतमा लागुऔषध नियन्त्रण सम्बन्धी गरिएको एक विशेष अपरेसनका क्रममा भएको हो। यो घटनाले कुवेतमा लागुऔषध तस्करीको बढ्दो चुनौतीलाई उजागर गरेको छ।

गृह मन्त्रालयले घटनाबारे थप अनुसन्धान भइरहेको र पक्राउ परेकाहरूलाई कडा कानूनी कारबाही गरिने जनाएको छ। कुवेतले लागूऔषध कारोबार र तस्करीविरुद्ध कडा नीति अवलम्बन गर्दै आएको छ, र यस प्रकारका गतिविधिमा संलग्न व्यक्तिहरूलाई सख्त सजायको व्यवस्था गरिएको छ।

पक्राउ परेका व्यक्तिहरूको परिचय र उनीहरूले काम गर्ने लागूऔषध नेटवर्कबारे विस्तृत जानकारी भने गोप्य राखिएको छ। मन्त्रालयले यस घटनालाई अन्तर्राष्ट्रिय लागूऔषध तस्करीविरुद्धको एक महत्वपूर्ण सफलता मानेको छ ।


You cannot copy content of this page