वैदेशिक राेजगारीमा रहेका युवाकाे कथा बाेकेकाे म्युजिकल फिल्म ‘प्याकुली’ सार्वजनिक
काठमाडौं/ वैदेशिक राेजगारीमा रहेका युवाकाे कथामा आधारित म्युजिकल फिल्म ‘प्याकुली’ सार्वजनिक भएकाे छ।शनिबार आयाेजित समाराेहमा म्युजिकल गीति फिल्म युट्युबमार्फत सार्वजनिक गरिएकाे हाे।नीतिन चन्दले निर्देशन गरेकाे गीतकाे भिडियाेमा आरआर खड्का, तलीशा गुरूङ, महेश खड्का, घनश्याम जाेशी, बाल कलाकार राेनिश खड्का, अर्जुनकाजी श्रेष्ठकाे अभिनय रहेकाे छ।आरआर (रामहरि) खड्काकाे शब्दमा रहेकाे गीतमा बाबुल गिरीकाे संगीत र स्वर रहेकाे छ। शिशिर गरूङले निर्माण गरेकाे भिडियाेलाई दिनेश पराजुलीले खिचेका हुन्।
लाइक माइण्डस् नेपालले सम्पादन गरेकाे भिडियाेकाे कलर ग्राफिक्समा राकेश दाहालले याेगदान दिएका छन्। क्रियटिभ डाइरेक्टर शिशिर अर्याल र सहायक निर्देशक उत्सव पौडेल रहेका छन्।समाजकाे कथालाई आफै भाेगेर शब्दमा उतारेका आरआर खड्काले म्युजिक भिडियाेका मुख्य चरित्र निभाएका छन्। ‘गाउँ समाजमा घटिरहेकाे घटनालाई शब्दमा उतारेका छौं। अरुका कुरा सुनेकै भरमा ठूला घटना भइरहेका छन्। कही सत्य घटना पनि हाेलान्। तर अरुका कुरा सुनेर कुनै कदम नचाल्नूस्। श्रम गर्ने परिवारले कागले कान लग्याे भनेर पछि लाग्नेभन्दा पनि कान छाम्ने गरौं। याे गीतकाे यही सन्देश हाे,’ उनले भने ।गायक बाबुल गिरीले याे अहिलेसम्मकै फरक खालकाे उत्कृष्ट गीत भएकाे बताए। समाजकाे कथामा चित्रण गरिएकाे गीतमा सहकार्य गर्न पाउँदा खुसी लागेकाे उनकाे भनाइ छ।
कलाकार तथा निर्देशक दिपाश्री निरौलाले चलिरहेकाे भन्दा फरक परिवेशमा बनेकाे गीत उत्कृष्ट भएकाे बताइन्। ‘गीत आफैमा राम्राे बनेकाे छ। प्रशंसा गर्नै पर्दैन। मिठाे बनेकाे छ। साथीहरूसहित हामी सबै राेइरहनुभएकाे थियाैं। बाकसमा लास आउने तथा अन्य दृश्यले दशैकाे माहाेल फिल भयाे। चलिरहेकाे भन्दा अलि फरक गीत बनेकाे छ। मन छाेयाे। दशर्कले पनि स्वत: मन पराउनु हुनेछ। यस्ताे राम्राे गीत बनिरहाेस्,’ उनले भनिन्।
गीत सार्वजनिक समाराेहमा दिपाश्री निरौला, शिवहरि पौडेल,गीतकार शंकर अधिकारी गायल, निर्देशक ज्ञानेन्द्र देउवालगायत कला क्षेत्रका निर्माता निर्देशककाे उल्लेख्य उपस्थिति थियाे।
प्रतिक्रिया दिनुहोस