मंगाफ आगलागी प्रकरण : एक कुवेती सहित आठ प्रतिवादी धरौटिमा रिहा
सुरेश बुढाथोकी
कुवेत,२० अगस्ट ।
गत जुन एघार तारिक बिहान मंगाफ स्थित एनबिटिसी कम्पनीको क्याप भवनमा ५० जनाको मृत्यु हुनेगरी भएको आगलागी घटनालाई कुवेत सरकारको गृह मन्त्रालयले अपराधिक घटना नभएको पुष्टी गरेको छ । मन्त्रालयले आज उक्त आगलागीमा नियतबस कुनै पनि अपराधिक ब्यक्तिको संग्लनता नभएको भन्दै सो घटनालाई गृह मन्त्रालय अन्तर्गतको सामान्य अनुसन्धान बिभागमा पठाएको हो।
मन्त्रालयका अनुशार सो आगलागी प्रकरणमा हत्या वा अपराध गर्नेगरी कसैको पनि संग्लनता नदेखिएकोले आगलागी लगत्तै नियन्त्रणमा लिएर थुनामा राखिएको एक कुवेती नागरिक, तीन भारतिय र चार इजिप्सियन गरी ८ जनालाई जनही तिनसय केडी धरौटीमा थुनामुक्त गर्ने निर्यण गरिएको छ । अदालतले पक्षबाट कुवेत सरकार र आगलागी भएको कम्पनीको प्रमुख तथा उक्त समयमा बिल्डिङको सुरक्षार्थ घटिएका सेक्युरेटी गार्ड लगायतलाई प्रतिवादी बनाएर अगी बढाईएको सो मुद्दामा आठ जनालाई धरौटीमा रिहा गर्ने निर्यण गरिएको हो ।
सो आगलागीमा परेर ४६ जना भारतिय सहित ४९ जनाको मृत्यु भएपछी उक्त आगलागी प्रकरणलाई कुवेत सरकारले गम्भिर रुपमा अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा सो आगलागीमा कसैको पनि संग्लनता नदेखिएको र आगलागी ‘भबितब्य’ भएको घटनाको मुद्दामा संग्लन न्यायाधिसहरुको निष्कर्ष रहेको छ ।
उक्त आगलागी विधुत सर्ट भई बेसमेन्ट ( भुँई तल्ला ) मा राखिएको ग्यासका सिलिण्डरबाट सुरु भएको कुवेत प्रहरीले यस अघिनै पुष्टी गरिसकेको छ । भाग्यबस् सो आगलागीमा तिनजना नेपाली नागरिकले हाम फालेर ज्यान जोगाउँन सफल भएका थिए । ठूलो संख्यामा मानविय क्षति भएपछी विश्वका बिभिन्न देशहरुले सो घटनालाई ‘गम्भिर’ घटनाको रुपमा ब्याख्या गरेका थिए । सो आगलागी प्रकरणपछी कुवेत प्रहरीले आवासिय भवनहरुमा सुरक्षा चेकजाँच कडा बनाएको छ ।
प्रतिक्रिया दिनुहोस