“नेपाल दुतावास कुवेतको पहलमा मृतक तथा घाइते कामदारहरूलाई क्षतिपूर्ति प्रदान”
जे.एन. थारु , २६अगस्त
कुवेत/ कुवेतस्थित नेपाली दूतावासले एक महत्त्वपूर्ण सुचना जारी गर्दै कुवेतमा कार्यरत रहँदा ज्यान गुमाएका वा गम्भीर रूपमा घाइते भएका नेपाली कामदारहरूका परिवारलाई क्षतिपूर्ति दुतावासको पहल दिइलाएको जानकारी गराएका छ्न,
कुल ६७ जना मृतक तथा घाइते नेपाली नागरिकहरू क्षतिपूर्ति प्राप्त गरेका छन्।जस अन्तरगत क्षतिपूर्ति रकम: अधिकांश व्यक्तिहरूले १२५ कुवेती दिनार मात्र प्राप्त गरेका छन्, जबकि केहीले उच्च रकम प्राप्त गरेका छन् सुचनामा देखिन्छ ,प्रदान गरिएको कुल क्षतिपूर्ति रकम १८५,५०४.९८४ कुवेती दिनार रहेको छ।
यस्तो कदमले नेपाल र कुवेत सरकारबीचको सहकार्यलाई प्रतिबिम्बित गर्दछ, जसले नेपाली कामदारहरू र उनीहरूका परिवारहरूको कल्याणलाई प्राथमिकता दिएको देखाउँछ।
नेपाली दुतावासको महामहिम घनश्याम लम्सालको भनाई अनुसार- यस्ता खालको क्षतिपूर्तिले पीडितका परिवारहरूलाई आर्थिक राहत प्रदान गर्नुका साथै कामदारहरूको अधिकार र सुरक्षाप्रति बढ्दो जागरूकता दर्शाउँछ।
नेपाली दूतावासका सुचना बिभाग प्रमुख तथा प्रथम सचिव प्रेमराजका अनुसार “यो क्षतिपूर्ति वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र अधिकार सुनिश्चित गर्ने दिशामा एक महत्त्वपूर्ण कदम हो। हामी कुवेत सरकारको यस प्रयासको सराहना गर्दछौं।”
यद्यपि दूतावासको क्षतिपूर्ति दिलाउने पहल एक स्वागतयोग्य कदम हो, कामदारहरूको सुरक्षा र कल्याणको लागि थप उपायहरूको आवश्यकता छ कार्यस्थल सुरक्षा मापदण्डहरूको कडा कार्यान्वयन, नियमित स्वास्थ्य जाँच, र कामदारहरूका लागि बेहतर जीवन परिस्थितिहरू सुनिश्चित गर्ने जस्ता कुराहरू छ छैन त्यसमा नेपाली दुतावास तथा सम्बधित निकायको।ध्यान फिन जरुरी छ।
प्रतिक्रिया दिनुहोस