‘ईलिगल’ भगाउने कुवेतको चलाखीमा ३० हजारको आवेदन
सुरेश बुढाथोकी / कुवेत,२६ अगस्ट
कुवेत सरकारको आन्तरिक मामिला मन्त्रालयले गत जुलाइमा २ महिनाको लागी घरेलु भिषा ( २० नंम्बर) लाई निजि भिषा ( १८ नंम्बर ) मा सार्न पाईने प्रावधान ल्याएपछी ३० हजारले आवेदन दिएका छन् । मन्त्रालयको आवास मामिला तथा प्रशासन शाखाले भिषा सार्न घरेलु कामदारको रुपमा कार्यरत सो संख्याको आवेदन परेको जनाएको हो ।
गत जुलाइ १४ तारिकदेखी २० नंम्बरको भिषालाई १८ नंम्बरमा सार्न पाईने प्रावधान लागु भएसँगै ३० हजार कामदारको आबेदन परेकोमा २० हजार आवेदकको भिषा स्थानान्तरण प्रकृया सुरु भएको छ । बाँकि १० हजार आवेदकको आवेदनमाथी भने थप अनुसन्धान र जाँचबुझ प्रकृया चलिरहेको कुवेतस्थित सार्वजनिक श्रम प्राधिकरण (PAM) ले जनाएको छ ।
घरेलु भिषालाई निजिमा स्थान्तरण गर्न सकिने यो नियम लागु भएपछी कुवेतको श्रम बजारमा आवाश्यक जनशक्ति पूर्ति हुने विश्वास लिईएको थियो । यहि बर्ष कुवेत सरकारले एमनेस्टीद्धरा ( आममाफी ) करिब ८० हजार अबैधानिक कामदारलाई डिपोर्ट गरेपछि कुवेतमा श्रमिकको कमि हुने आँकलन गरिएको थियो । उक्त श्रम अभावलाई परिपूर्ति गर्न सरकारले घरेलु भिषालाई निजिमा सार्न सकिने चलाखीपूर्ण प्रावधान ल्याएको जानकारहरु बताउँछन् । तथापी, घरेलु कामदारको भिषालाई प्राईवेट सेक्टरमा स्थानन्तरण गर्न भने केहि जटिल प्रकृयाहरु अख्तियार गरिएको छ ।
घरेलु कामदारका रुमपमा काम गरिरहेका श्रमिक कुवेत आएको एकबर्ष भएको हुनैपर्ने, हाल काम गरिरहेको घरधनिको स्विकृति अनिवार्य, श्रम प्राधिकरणको कार्यालयमा भिषा स्थानन्तरणको आवेदन लिएर स्वयम् उपस्थित हुनपर्ने जस्ता केहि अब्यवहारिक र जटिल सर्तहरु भएका कारण यसबाट श्रमिकलाई खासै सम्बोधन नहुने पूर्व अनुमान गरिएपनी ३० हजारको आवेदन पर्नुले कुवेतको श्रम बजारमा खट्कीरहेको कामदारको अभाव धेरथोर समाधान हुनसक्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस