बहस : ‘राईट टू डिस्कनेट’ को

निरेम अपडेट
१३ भदौ २०८१ १२:३७

सुरेश बुढाथोकी
कुवेत / २९ अगस्ट

समय परिवर्तनशिल छ । समयसँगै विश्वमा नयाँ बिषय र बहसको सुरूवात भैरहेको छ । समयसँगै आफूलाई ‘अपडेट’ गर्न नसक्ने मानिस समाजमा पछि परिरहेका छन् । बद्लिदो समाज र विश्वको फेरिदोँ रूपरेखामा आफूलाई ढाल्नु चुनौती जस्तै बनिरहेको छ । विश्वमा सुरू भैरहेकको नयाँ बहस र कानुनमा अर्को एउटा नयाँ बिषय थपिएको छ – ‘राईट टू डिस्कनेट’ ।
अष्ट्रेलिया सरकारले राईट टू डिस्कनेटलाई लागु गरेको छ । त्यहाँ कार्यरत श्रमिकहरूको स्वास्थ्य, परिवार, समय लगायत बिभिन्न पक्षलाई मध्यनजर गर्दै उक्त नियम लागू गरिएको हो ।
के हो ‘त राईट टू डिस्कनेट’ ?

खासमा राईट टू डिस्कनेट भनेकको ‘सम्पर्क बिच्छेदकको अधिकार’ हो । यसले तपाईलाई काम वा ड्युटिकको समय बाहेक अन्य बेला अफलाईन बस्ने अधिकार दिन्छ । ड्युटीको समय बाहेक अरु बेला फोन, म्यासेज, ईमेल लगायत तपाईको कामसँग सम्बन्धित कुनैपनि सूचनाको रेस्पोन्स नगर्न पाईने अधिकार नै राईट टू डिस्कनेट हो । उदाहरणको लागि तपाई दिनमा आठ घण्टाको ड्युटी गर्नुहुन्छ । तर, ड्युटी सकेर घर जाँदा बाटोमा, घर पुगेपछी पनि पटक पटक फोन वा नोटिफिकेशन आईरहने, ईमेलहरु आईरहने, ग्रुपमा म्यासेज र नोटिफिकेशन आईरहने गर्छ तर यो कानुले यसको रिप्लाई वा रेस्पोन्स गर्नैपर्ने बाध्यकारी अबस्थाबाट छुटकारा दिनेछ । आठ घण्टा वा तपाईको ड्युटी आवरपछी फोन, म्यासेज वा ईमेलको रिप्लाई नदिन पाईने अधिकार नै राईट टू डिस्कनेट हो ।

हाल अष्टेलियाले मात्र सुरु गरेको यो नियम सबैतिर लागू भए श्रमिक र कामदारहरुलाई धेरै पक्षहरुमा फाइदा हुनेछ । आफ्नो ड्युटीबाट छुट्टी लिएर बस्दा वा बिदामा भएको बेलामा पनि अफिस वा कामबाट बारम्बार फोन र म्यासेजहरु आईरहने, इमेलको रिप्लाई गर्नुपर्ने, अफिस वा कामको अपडेट लिईरहनेपर्ने झण्झटबाट छुट्कारा मिल्नेछ । राईट टू डिस्कनेटको यो कानुनले ड्युटी बाहेकको समयमा तपाई फोन वा ईन्टरनेट अफ गरी अफलाई बस्न सक्ने अधिकारको वकालत गरेको छ ।


You cannot copy content of this page