संखुवासभा समाज कुवेतको पहिलो अधिवेशन सम्पन्न, नेतृत्वमा विजय लामा

निरेम अपडेट
१५ भदौ २०८१ १५:२५

कुवेत, ३० अगस्ट २०२४

“अनेकतामा एकता, संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान” भन्ने नाराका साथ संखुवासभा समाज कुवेतले आफ्नो प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न गरेको छ। कुवेतको खैतानस्थित राजधानी होटलमा आयोजित यस अधिवेशनले विजय लामाको अध्यक्षतामा २०२४-२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ।

अधिवेशनका सभापति विजय लामाको नेतृत्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली राजदूतावास कुवेतकी काउन्सेलर सुजनी राना, एनआरएन एनसीसी कुवेतका अध्यक्ष रणध्वज लामा, पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष एकराज मल्ल लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

नयाँ कार्यसमितिको नेतृत्व विजय कुमार तमाङले गर्ने भएका छन् भने सरोज तमाङ, रोसिका गुरुङ, बिमल श्रेष्ठ, पूजा तमाङ लगायतका अन्य पदाधिकारीहरू चयन भएका छन्।

समाजका कलाकारहरूले प्रस्तुत गरेका विभिन्न सांस्कृतिक कार्यक्रमहरूले कार्यक्रममा थप रौनकता थपेका थिए।


You cannot copy content of this page