खस क्षेत्री युवा मन्च र याक्थुङ युवा मन्चले संयुक्त बिज्ञाप्ती जारी गरेका छन।
उक्त बिज्ञाप्तीमा १.न. प्रदेशको नाम जबर्जस्ति कोशी राखिएको,सभ्यता र भौगोलिक पहिचान माथी नै आच आउने कार्य गरेको प्रती बिमती जनाएको छन।
उक्त बिज्ञाप्तीमा सम्पुर्ण पहिचानबादी युवा तथा बिद्यार्थीहरुको मोर्चाबन्दी हुनुपर्नेमा समेत जोड दिएको छन।
जारी बिज्ञाप्ती:-
संयुक्त प्रेस बिज्ञाप्ती
आदरणीय न्यायप्रेमि आमजनसमुदाय, युवा तथा पत्रकार मित्रहरु ।
लामो समय देखि उत्पीडन तथा पहिचानको आधारमा प्रदेश नामाकरण उत्पीडनमा परेका समुदायका मागहरुको न्यायोचित आन्दोलनहरु देशै भरि उठिरहेको सर्वबिदितै छ । पहिचानको आधारमा प्रदेश नामाकरण गर्ने पर्ने ब्यापक माग उठिरहेको बेला नेपालको सात प्रदेश मध्ये छ प्रदेशको नामाकरण बिना पहिचान, बिना सभ्यताको आधारमा मन खुशि दङ्गबाट नदिनालाहरुको नामबाट प्रदेशहरुको नामाकरण गरि यहाँ रहेका तमांम सभ्यातालाइ नै समाप्त पर्ने खोजएको प्रति हाम्रो गम्भीर ध्यानाकार्षण भएको छ ।
सभ्यता र भौगोलिक पहिचानको आधारमा नामाकरण गर्नु पर्ने एक नम्बर प्रदेशलाई जबरजस्ती एक नम्बर प्रदेशको नाम कोशी दिएर यहाँ रहेको पहिचान समाप्त पर्ने गम्भीर षयन्त्र भईरहेको र कोशी नाम खारेजीको निम्ती बिभिन्न चरणका आन्दोलनहरु भईरहेको छ । उक्त न्यायोचित आन्दोलन माथी राज्य सत्ता बाट दमनकारी निति लिएर आन्दोलनलाई निष्तेज पार्ने षडयन्त्र भईरहेको हुदा हामी याक्थुङ युवा मञ्च र खस क्षेत्री युवा मञ्च घोरआपति जनाउद छौं । पहिचानको आन्दोलनमा साहादत प्राप्त गर्नु हुने विर शहिदहरु प्रति भावपुर्ण श्रद्धाजलि अपर्ण गर्दै घाईते हुनुहुने सम्पुर्ण विर योद्धाहरुमा सिघ्र स्वास्थय लाभको कामना सहित शहिदहरुको सपना पुरा गर्नका निम्ती हाल चलिरहेको पहिचानको आन्दोलनको रक्षा र आन्दोलनलाई निस्कर्षमा पुऱ्याउन पहिचानवादी युवा शक्ति एक ठाँउमा उभीनु अपरिहार्य भएकोले देशैभरिका पहिचानवादी युवा तथा बिद्यार्थी संगठनहरुको बृहत भेला यहि मिती २०८० असार ३० गते शनिबारका दिन झापाको दमकमा बृहत भेला तथा बिरोध सभा आयोजना गरिएको हुँदा उक्त कार्यक्रममा उपस्थीतको लागी सम्पुर्ण पहिचानवादी युवा तथा बिद्यार्थी र आम पहिचानवादीहरुलाई सहभागीताको लागी हार्दीक अपलि गर्दछौं ।
पहिचानबादी युवा शक्ति निमार्णको लागि मोर्चा बन्दी गर्न सम्पुर्ण युवा तथा बिद्यार्थी सघंसंगठनरुलाई यसै बिज्ञाप्ती मार्फत आह्वान गर्दछौं