काठमाडौं । आतंकवादी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परेर १० जना नेपालीको ज्यान गएको पुष्टि भएको छ ।उनीहरूमध्ये अधिकांश सुदूरपश्चिम प्रदेशका हुन् ।

एनआरएनए इजरायलयका अध्यक्ष श्रीकृष्ण भण्डारीले पनि १० जना नेपालीको मृत्यु भएको पुष्टि गरे । उनले पनि १० जना नेपालीको मृत्यु भएको, दुई जना सुरक्षित अवस्थामा रहेको, चारजना अस्पतालमा उपचाररत र एकजनाको अवस्था अझै अज्ञात रहेको जानकारी दिए ।

परराष्ट्र मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार १० जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ । “करिब १० जनाको ज्यान गएको सूचना प्राप्त भएको छ,” मन्त्रालय स्रोतले भन्यो, “मृतकको शव संकलनको काम भइरहेको छ ।”
शनिबार हमासले इजरायलमा गरेको रकेट आक्रमणमा परेर उनीहरुको ज्यान गएको हो ।