Homeअन्तराष्ट्रीय खबरइजरायलबाट स्वदेश फर्किनको लागि अनलाइन आवेदन खुल्यो

इजरायलबाट स्वदेश फर्किनको लागि अनलाइन आवेदन खुल्यो

काठमाडौँ । इजरायलबाट स्वदेश फर्किने चाहने नेपालीहरुका लागि अनलाइन आवेदन खुला गरिएको छ । इजरायलस्थित नेपाली दूतावासले नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीका लागि अनलाइन रजिष्ट्रेशन खुला गरेको हो ।  

ईजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा तथा त्रासमा रहेका नेपालीलाई सरकारले उद्धार गर्ने निर्णय गरेको थियो । सोही आधारमा दूतावासले अनलाइन मार्फत आवेदन आह्वान गरेको हो । 

दूतावासले उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनमा आधार प्राप्त होस् भन्ने उद्देश्यले सूचना संकलनको काम सुरु गरेको हो । 

यस प्रक्रियामा सहभागी हुन इच्छुक नेपाली नागरिकहरुले दूतावासको वेभसाइटमा राखिएको लिंकमा क्लिक गरी रजिष्ट्रेशन गर्न सकिनेछ ।

- Advertisment -spot_img
निरेम प्रोडक्सन
%d bloggers like this: