Homeअन्तराष्ट्रीय खबरइजरायलबाट फर्किन चाहन्छन् ३५० बढी नेपाली विद्यार्थी

इजरायलबाट फर्किन चाहन्छन् ३५० बढी नेपाली विद्यार्थी

काठमाडौं : परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका ३५० बढी नेपाली विद्यार्थी फर्कन इच्छुक रहेको बताएको छ । 

इजरायलको तेल अबिबस्थित नेपाली राजदुतावासले मंगलबार साँझ प्रेस विज्ञप्ति निकालेर इजरायलमा रहेका ३५० जना नेपाली विद्यार्थीले घर फर्कनका लागि अनलाइनमा नाम दर्ता गराएको जानकारी दिएका छन् । अनलाइन रजिष्ट्रेशनमा ३५० भन्दा बढीको विवरण प्राप्त भएको हो । 

दूतावासका अनुसार उनीहरुको स्वदेश फिर्तीको प्रकृया सुरु भएको छ । दूतावासका अनुसार हमास समूहको आक्रमणबाट घाइते भई उपचारको क्रममा रहेका ४ जनाको स्वास्थ्य अवस्थामा सुधार हुँदैछ । 

परराष्ट्रमन्त्री एनपी साउदले हराइरहरेका एक जना नेपाली विद्यार्थीको खोजीकार्य जारी रहेको बताएका छन् । प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा तिब्र पारिएको मन्त्री साउदको भनाइ छ । 

मंगलबार प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकलाई सम्बोधन गर्दै उनले इजरायलमा बंकरभित्र रहेका नेपाली विद्यार्थीहरूलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको र स्वदेश ल्याउने तयारी भइरहेको बताए ।

हमासले इजरायलमाथि आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । मृतकको शव नेपाल ल्याउन पहल भइरहेको पनि उनले बताए ।

इजरायलमा चार हजार पाँच सय जना नेपाली केयर गिभर रहेको र  २६५ जना विद्यार्थी रहेको जानकारी दिँदै उनले नेपाल आउन इच्छुकलाइ ल्याउने तयारी अगाडि बढेको बताए । मृतकका परिवारलाई सरकारले १० लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको गरिसकेको छ । 

- Advertisment -spot_img
निरेम प्रोडक्सन
%d bloggers like this: