कोयोङवा याक्खा समाजको पहिलो अधिवेशन धरानमा सम्पन्न, कृष्णबहादुर कोयोङवा भए अध्यक्ष (भिडियो सहित )

निरेम अपडेट
२० माघ २०८० २३:२८

धरान । याक्खा समुदाय भित्र रहेको कोयोङवा थरको संस्था कोयोङवा याक्खा समाजको प्रथम अधिवेशन धरानमा सम्पन्न भएको छ।

याक्खा छुम्मा केन्द्रीय समितिको भवन धरान १६ मा  माघ १९ र २० गते सम्पन्न ऐतिहासिक अधिवेशनले कृष्णबहादुर कोयोङवाको अध्यक्षतामा १८ सदस्यीय कार्य समिति चयन गरेको छ। इटहरी निवासी कृष्णबहादुर अध्यक्षसहित उपाध्यक्षमा गीता कोयोङवा र राजेन्द्र कोयोङवा चुनिएका छन्।

महासचिवमा नरेन्द्र कोयोङवा सचिब ओमबहादुर कोयोङवा कोषाध्यक्ष राजकुमार कोयोङवालाई चुनिएको छ । सदस्यहरुमा रामकुमार, दलबहादुर, बालकुमार, डम्बरबहादुर, टंककुमार, लखनबहादुर, अमरसिंह, कमनसिं, कल्पना, एन्जल, शान्तिला, गोपिमाया कोयोङवा रहेका छन्।

ज्येष्ठ नागरिकबाट उद्घाटन गरिएको प्रथम अधिवेशनबाट सबैजना सर्वसम्मत निर्वाचित भएको संस्थापक अध्यक्ष हेमराज जिमी याक्खाले जानकारी दिए । याक्खा समुदायमा ५ दर्जन बढि थर रहेका मध्ये कोयोङवा र लिङ्खाको संख्या धेरै छ।

हाल कोयोङवा करिब तीन सय घरपरिवार रहेको नव निर्वाचित महासचिव नरेन्द्र कोयोङ्बाले जानकारी दिए।

उद्घाटन सत्रमा समाजको ऐतिहासिक अधिवेशनलाई शुभकामना मन्तव्य दिदै याक्खा छुम्माका केन्द्रीय सल्लाहकार तथा लाहुर्निपका क्षेत्रीय संयोजक गोपाल देवानले कोयोङवा थरगत संस्था भए पनि याक्खा छुम्मा जातीय संगठन रहेको बताए। कोयोङवा छुट्टै जाति हुन नहुने भन्दै उनले थरगत संस्थाले याक्खा छुम्मा भने बलियो हुँदै जाने बताए।

थरगत संस्था बन्न जायज भए पनि हामी छुट्टै जाति हौ याक्खा होइन भनेर जान नहुने बताए।

यस अघि याक्खा समुदाय देवान छुट्टै जाति भएको दाबी गरिको भन्दै छुट्टै जाति हुनको लागि भाषा,संस्का संस्कृति भूगोल र इतिहास हुनुपर्ने बताए । तर देवानको छुट्टै भाषा समेत नभएकोले छुट्टै जाति हुननसक्ने दाबि गरे ।

देवानले पाल्सि भाषाको आधारमा छुट्टै जातिको दाबि गरेको बताए । देवान पगरी पाएकोमा खुशि भएको भन्दै तर छुट्टै जाति नभएको बताए । देवान आफैमा किरात शब्द नभएको र उर्दु शब्द रहेको भन्दै जसको अर्थ पैसाको हिसाब किताब राख्ने हुने बताए ।

गोपाल देवानले अहिले पहिचानको आन्दोलन भैरहेको भन्दै त्यसमा याक्खा समुदाय होमिनुपर्ने बताए । संविधानमा स्वायत्त क्षेत्र विशेष स्वायत्त क्षेत्रको अधिकार रहेको भन्दै छुम्माको केन्द्रिय समिति प्रदेश १ पहिचानको आन्दोलनमा होमिनुपर्ने बताए ।

याक्खा स्वायत्तको लागि याक्खा छुम्मा लागेको खण्डमा कानुनी लडाइँको लागि लाहुर्निप तयारी रहेको बताए ।

खुल्ला सत्रमा याक्खा छुम्मा धरान नगर अध्यक्ष हेन्सेन याक्खा केन्द्रीय सदस्य सोमा याक्खा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

chisephayu.com