कुवेतमा “हात्तीछाप” सिनेमा फेब्रुअरी १५ बाट प्रदर्शन हुने

निरेम अपडेट
२१ माघ २०८० २२:५५

कुवेत – नेपाली कथानक चलचित्र “हात्तीछाप” आउँदो १५ फेब्रुअरी, बिहीबारदेखी कुवेतमा प्रदर्शन हुने भएको छ।

खेतानमा रहेको ओजोन सिनेमा (O Zone Cinema) हलमा चलचित्र प्रदर्शन हुने कुवेतका लागि चलचित्र वितरक निरेम प्रोडक्सनले जनाएको छ।

कुवेतका  साथै मध्यपूर्वका अन्य देश कतार, बहराइन, युएई र मलेसियामा पनि १५ फेब्रुअरी मा चलचित्र प्रदर्शन हुनेछ।

किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, सौगात मल्ल, बेनिशा हमाल, बिजय बराल, विल्सनविक्रम राई, बुद्धि तामाङलगायतको अभिनय रहेको छ।

प्रदीप भारद्वाजको लेखन तथा सुशन प्रजापतिको छायाङ्कन रहेको फिल्मले सुस्ताएको बक्स अफिसलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । “हात्तीछाप” चलचित्रको मध्यपूर्व वितरकमा कन्सेप्ट भिजन र सुप्रिमी फिल्मस रहेको छ।

सिनेमाले ३ देखी ४ सो पाउने र केही दिन पछि शो टाईमबारे जानकारी गराउने निरेम प्रोडक्सनले जनाएको छ।

यसअघि निरेम प्रोडक्सनले कुवेतमा “पशुपति प्रसाद-२” र “दिमाग खराब” बक्स अफिसमा प्रर्दशन गरेको थियो।