बिहिबार देखि कतारमा ‘दयारानी’ प्रदर्शन हुने

निरेम अपडेट
१ फागुन २०८० १८:५३

दयाहाङ राई र दिया पुन अभिनीत फिल्म ‘दयारानी’ बिहिबार देखि कतारमा प्रदर्शन हुने तय भएको छ।

फिल्म प्राय हलहरुमा प्रदर्शन हुने र अग्रिम बुकिङ्ग बुधबारबाट खुल्ने आयोजक पक्षले क्युएन खबरलाई जानकारी दिएको छ।

माओत्से गुरुङ निर्देशित फिल्मलाई सिनेमा आर्टस् र माओत्से फिल्म्सले निर्माण गरेको हो। फिल्ममा दयाहाङ राई र दिया पुनसँगै विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायत कलाकारको पनि अभिनय छ।

गुरुङ समुदायमा दयालु यूवतीलाई ‘दयारानी’ भनिने भएकाले फिल्मको नाम ‘दयारानी’ राखिएको हो।  फिल्मले एउटा खराब श्रीमान र उसकी श्रीमतिको कथा भन्छ।