वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

निरेम अपडेट
२१ चैत २०८० १८:०५

काठमाण्डौ – वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै छ करोड १९ लाख ३२ हजार रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा कमल गाउँपालिका–७ घर भई काठमाण्डौ कागेश्वरी बस्ने ३७ वर्षीय केदार चौधरी, बाँके कोहलपुर नगरपालिका–१० घर भई काठमाण्डौकाे टोखा बस्ने ३२ वर्षीय जीवराज केसी र म्याग्दी गाउँपालिका–१ घर भई कास्की पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने ३८ वर्षीय नन्ददेवी पुन रहेका छन् ।

उनीहरूले बेलायत, फ्रान्सलगायतका देशमा पठाइदिने भन्दै पिडितसँग रकम लिएर फरार रहेको उजुरीको आधारमा पक्राउ गरिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलले बताउनुभयो ।