एमाले नेता महेश बस्नेतविरुद्ध जबरजस्ती करणीको जाहेरी

निरेम अपडेट
२६ चैत २०८० १३:२८

काठमाडौँ – नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध प्रहरीमा जबरजस्ती करणीको जाहेरी परेको छ।बस्नेतले आफूलाई जबरजस्ती करणी गरेको भन्दै एक महिलाले प्रहरीमा जाहेरी दिएकी हुन्।

प्रहरी स्रोतका अनुसार ती महिलाले बस्नेतले आफूलाई बलात्कार गरेको र पटक–पटक गर्भपतन गराएको आरोप लगाएकी छन्।जाहेरी हुलाकमार्फत आएको हो। हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालयमा आएको उक्त जाहेरी अनुसन्धानका लागि काठमाडौँ प्रहरी परिसरमा पठाइएको छ।