‘डिग्री माइला’ १८ अप्रिलबाट कतार, युएई, बहराइन र ओमानमा  प्रदर्शन हुने

निरेम अपडेट
४ वैशाख २०८१ २०:४४

कुवेत/रामबाबु गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘डिग्री माइला: एमए थर्ड क्लास’ कतार, युएई, बहराइन र ओमानमा  प्रदर्शन हुने भएको छ ।नेपालमा नयाँ वर्षबाट रिलिजमा आएको फिल्म १८ अप्रिलबाट कतार, युएई, बहराइन र ओमानमा का  प्राय हलहरुमा प्रदर्शन हुने सेभेन सिज इन्टरटेनमेन्टले बताएको छ ।

सिनेमामा दया-आँचलसँगै विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे, माओत्से गुरुङ आदिको प्रमुख भूमिका रहेको छ । सुस्मा फिल्मस्सँगको सहकार्यमा बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्र मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथामा आधारित रहेको छ ।