नेपाल कुवेतको सम्बन्ध ५२ औं बर्षमा, १ लाख ७ हजार नेपाली कुवेतमा

कुवेतमा नेपाली कामदारहरूको चाप बढे सगै विभिन्न परिस्थितिमा नागरिकहरू अवैध क्रियाकलापमा संलग्न , कानुनद्वारा वर्जित ( मादकपदार्थ , लागुऔषध, मानवबेचबिखन ) जस्ता जघन्य अपराधमा मुछिएका खबरहरू आउनथालेका छन जसका कारण नेपाली समुदायको नाममा नकारात्मक असर पर्ने र दशैका नाम बदानाम हुने सम्भावना हुन्छ। तसर्थ यस्ता गतिविधिहरूमा संलग्न नभई आफ्नो इमानदार र मेहनती छविलाई कायम राख्न एकदमै जरुरी छ ।

निरेम अपडेट
१८ वैशाख २०८१ १२:५९

कुवेत/नेपाल र कुवेतको आपसि सम्बन्ध ५२ औं बर्षमा चल्दै छ । सन् १९७२ मा नेपाल र कुवेत राज्य बीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता, दुई देशबीच सहकार्य सहित विभिन्न क्षेत्रहरूमा सम्झौताहरू भएका छन जस्तै श्रम, व्यापार, र आर्थिक सहयोग। सन २०२२ मा मात्रै नेपाली राजदूतावास कुवेतले स्थानिय स्थानिय संघ संस्थासग हातेमालो गर्दै ५० औं वर्षगांठ रक्तदान , पर्यटन प्रवर्धन लगायतका समारोह आयोजना गरि मनाएको थियो । सन १९९२ तिर कुवेत इराक युद्धको अन्त्य भए सगै विषेशगरि रोजगारीको लागी अन्यमुलुक हुदै नेपालीहरु कुवेत भित्रिएको पाइन्छ । वर्तमान अवस्थामा कुवेतमा नेपालीको संख्या १ लाख ७ हजार पुगेको तथ्यांक दूतावास समक्ष रहेको छ। यो क्रम बढ्दो छ ।

देशमा अस्थिरता सगै रोजगारको व्यवस्था नहुदा अन्यदेशहरु जस्तै कुवेत पनि नेपालीको लागी रोजगारीको उद्गम थलो बन्न पुगेको छ । कोरोना महामारीपछि अझ आगमन बढेको पाइन्छ । कुवेतमा अधिकांश नेपाली कामदारहरू घरेलु मद्दत ,निर्माण, सुरक्षा, रेस्टुरेन्ट, होटल, सफाई, र अन्य सेवाका क्षेत्रहरूमा कार्यरत छन । धेरैजसो मेहनती, इमानदार, र परिश्रमीको उपनाम पाएको नेपालीहरु आफ्नो कामको जिम्मेवारीलाई गम्भीरतापूर्वक लिने र निष्ठापूर्वक आफ्नो दायित्व पूरा गर्ने प्रवृत्तिरेहेको रोजगारदाताबाट सुन्न पाइन्छ ।

उनिहरु नेपालमा आफ्नो परिवारलाई आर्थिक सहयोग पुर्याउदै रेमिट्यान्स मार्फत देश विकासका महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन । सन २००९ मा स्थापना भएको नेपाली राजदूतावास कुवेतले दुई देशबिचको कूटनितिक सम्बन्धलाई विस्तार गर्दै कामदारहरूको हित र कल्याणको रक्षा गर्न महत्त्वपूर्ण भूमिका निभाउदै आइरहेको छ । दूतावासले नेपाली नागरिकहरूको लागि कन्सुलर सेवाहरू प्रदान गर्छ, जस्तै पासपोर्ट, भिसा, र अन्य दस्तावेजहरूको व्यवस्थापन,र कानूनी सहायता । कुवेतमा रहेका नेपाली कामदारहरूले समस्यालाई दूतावासले स्थानीय अधिकारी तथा रोजगारदाताहरु सग मिलेर समन्वय गरी नेपाली नागरिकहरूको हक अधिकारको रक्षा गर्ने प्रयास गर्दछ । कुवेतमा नेपालीको संख्या बढेसगै समाजमा सामाजिक गतिबिधीहरु बढ्नु स्वभाविक नै हो ।

आफ्नो क्षेत्र,जात , धर्म , आस्था ,कालाकारीता सगै खेलकूतलाई समेटनेगरी करिव ७५ जति सघं संस्थाहरु विगतदेशि बिभिन्न समयमा खोलिएका छन । कामबाट बचेको समय सदूपयोग गरि खोलिएकाा यी संस्थाहरूको मूख्य उद्देश्य नेपाली कामदारहरूको हक अधिकारको रक्षा गर्ने, सांस्कृतिक र धार्मिक गतिविधिहरूको आयोजना गर्ने, र नेपाली समुदायलाई विभिन्न सहायता र सेवा उपलब्ध गराउने काम गर्छन्। त्यसैगरी , आफ्नो रितिरिवाज , परम्परा , भाषा संस्कृतीको उत्थान तथा नेपालमा भैपरि आउने दैविक प्रकोप लगायतका समस्यामा हातेमालो गरि सहयोग सॅकलन गरि राज्यलाई हस्तान्तरण पनि गर्दै आइरहेका छन । कुवेतमा नेपाली पत्रकारहरूको संख्या धेरै त छैन तर केही नेपाली पत्रकारहरू यहा परोपकारी पत्रकारीता गर्दै आइरहेका छन ।

नेपाली समुदायका मुद्दाहरू, स्थानीय खबरहरू, कुवेतमा रहेका नेपालीहरूका समस्याहरू, र देशका नवीन घटनालाई समाजमा सुसुचित गराउने कार्यगर्दै आइरहेका छन । रोजगारीको लागी आएका उनिहरु स्थानिय कानुनको पालना गर्दै नेपाली समुदायलाई सूचित र जोड्ने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन । कुवेतमा नेपाली कामदारहरूको चाप बढे सगै विभिन्न परिस्थितिमा नागरिकहरू अवैध क्रियाकलापमा संलग्न , कानुनद्वारा वर्जित ( मादकपदार्थ , लागुऔषध, मानवबेचबिखन ) जस्ता जघन्य अपराधमा मुछिएका खबरहरू आउनथालेका छन जसका कारण नेपाली समुदायको नाममा नकारात्मक असर पर्ने र दशैका नाम बदानाम हुने सम्भावना हुन्छ। तसर्थ यस्ता गतिविधिहरूमा संलग्न नभई आफ्नो इमानदार र मेहनती छविलाई कायम राख्न एकदमै जरुरी छ ।

कुवेतमा काम गर्दा स्थानीय कानूनहरूको पालन गर्दै कानूनी मुद्दाहरूबाट बच्न, र आफ्नो हक अधिकारहरूको रक्षा गर्न हामी सबै सतर्क रहनुपर्छ।जस्कालागि नेपाली दूतावास र स्थानीय नेपाली संघ-संस्थाहरूले नेपाली कामदारहरूलाई उचित जानकारी र परामर्श दिनुपर्छ। यसरी, नेपाली कामदारहरूले आफ्नो व्यवहारमा सावधानी अपनाएर नेपाली समुदाय सगै देशको छविलाई कायम राख्न सकिन्छ ।

राज मल्ल