कुवेतमा नेपाली कथानक चलचित्र ‘मनसरा’ भोलीदेखि प्रदर्शन हुदै , हरेक दिन २ सो !

निरेम अपडेट
२६ वैशाख २०८१ २१:१२

कुवेत/ कुवेतमा नेपाली कथानक चलचित्र ‘मनसरा’ भोलीदेखि प्रदर्शनमा आउने भएको छ । कुवेतस्थित खैतानको ओजन सिनेमा हलमा ९ मे बिहीवारदेखि १५ मे बुधवारसम्म मध्याह्न ३:३० र साझ ६:३० बजे दैनिक दुई शो लाग्ने निरेम प्रोडक्सनले बताएको छ ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र सोसल –ड्रामामा आधारित छ । चलचित्रले नेपाली बक्स अफिसमा राम्रै चर्चा कमाइरहेको छ । कुवेतका लागि सेभेन सिसको सहकार्यमा निरेम प्रोडक्सनले नेपाली कथानक चलचित्र ‘मनसरा’ प्रदर्शन गर्न लागेको हो ।दर्शकहरुको कमीले यस पटक भने सिनेस्केप हल फाहाहील र सल्मीयामा सो नपाएको वितरकले जानकारी दिए।

चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा र मेनुका प्रधानको मुख्य अभिनय रहेको छ । चर्चित कवि विप्लव प्रतीक पनि फिल्ममा देखिएका छन् । एक्टरको रुपमा यो उनको डेब्यु फिल्म हो । सिनेमाका निर्माता छायाँकार शैलेन्द्रध्वज कार्की हुन् । यस्तै विष्णकुमार लिम्बू, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बू थाक्लुङ सह–निर्माता हुन् । निर्देशक सुब्बाले पूर्वी नेपालको जातीय, सांस्कृतिक, सामाजिक र लैंगिक पक्षलाई चलचित्रमा प्रस्तुत गरेका छन् । उनले पहिलो पटक निर्देशन गरेको ‘जारी’ चलचित्र पनि व्यावसायिक रुपमा ब्लकबस्टर भएको थियो ।