नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाकाको सम्पूर्ण तयारी पूरा

निरेम अपडेट
८ जेठ २०८१ १५:४०

कुवेत / नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाकाको सम्पूर्ण तयारी पूरा भएको छ । नेपालका राष्ट्रिय ख्याति प्राप्त कलाकार शिव परियार र रचना रिमालको साथमा यही ३१ मे २०२४ हुने सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको कार्यक्रम संयोजक दामोदर बटलाले जानकारी दिएका छन ।

कुवेतस्थित जिलिबको इन्डियन स्कुल संगै रहेको स्पायर स्कुलको सभाहलमा बिहान ११ बजे देखी चर्चित अतिथि कलाकार गायक शिव परियार र गायिका रचना रिमालको साथमा स्थानीय कलाकारको समेत सांगीतिक प्रस्तुती रहने छ । कुवेत नगरीमा सन् २०१४  मा ‘समाज र देश निर्माणका लागि यूवा एकता’ भन्ने मुल नाराका साथ स्थापना भएको सस्थाले पहिलो, दोश्रो, तेश्रो र चौथो सांगीतिक धमाका चर्चित कलाकारको साथमा सम्पन्न गरिसकेको छ । स्थापना  कालदेखी नै बिभिन्न सामाजिक कार्यमा सस्था सक्रिय छ ।