दुई दशक विदेशमा बिताएका सुवेदीको च्याउ खेती : लगानी ३ करोड, ३० जनालाई रोजगारी !

निरेम अपडेट
२ माघ २०८० १६:४५

काठमाडौँ / दुई दशक विदेशमा विताएर नेपाल फर्किएका कमल सुवेदीले च्याउ खेती सञ्चालनमा ल्याएका छन् । वैदेशिक रोजगारीबाट स्वदेश फर्केका चितवन कालिका नगरपालिका २ का सुवदीले जिल्लामै प्रबिधिसहित च्याउ खेती सुरु गरेका हुन् ।

विदेशमा काम गर्दा आफुले च्याउ सम्बन्धित काम सिकेको कामलाई नेपालमा जोड्न लागेको उनले बताए । उनी २० बर्ष बिदेशका विभिन्न देशमा दुबई, कुवेत, नेदरल्यान्ड मुलुकमा वैदेशिक रोजगारी गरेर स्वदेश फर्किएका हुन् ।

दुई दशक बिदेशमा च्याउमा काम गरि फर्किएका उनले चितवन कालिका नगरपालिकामा रेन्स्की मसरुम फार्म सञ्चालन गर्दै अत्याधुनिक मेसिनसहित च्याउको बिउ उत्पादन सुरु गरेका हुन् ।

कालिका नगरपालिकाका नगरप्रमुख बिनोद रेग्मीले उक्त प्लान्टको एक कार्यक्रमका बिच उद्घाटन गरे । विदेशमा सिकेको अनुभव र आफ्नो घरपरिवारसँगै बस्ने योजनाका साथ सुबेदीले च्याउ खेती थालेका हुन् ।

विदेशभन्दा स्वदेशमै घरपरिवारसँग बस्दै काम गर्दै तीन करोडको लगानीमा थालेको च्याउ खेतीले जिल्लालाई च्याउमा आत्मनिर्भर बनाउने साथै ३० जनालाई रोजगार सिर्जना हुने उनी बताउँछन् ।

सुवेदीले भने, “वैदेशिक रोजगारी भनेपछि मरिहत्ते गर्ने नेपाली युवाका लागि स्वदेशमै केही गर्नु पर्छ भन्ने सन्देश दिन पनि चाहन्छु ।” विदेशमा बगाउने पसिना स्वदेशमा बगाउन र श्रम गर्न सके यहीँ केही गर्न सकिने भन्दै च्याउखेतीमा लागेको सुबेदिको कथन छ ।

वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका युवा कोही दुःख पाएर फर्किन्छन् त कोही कमाएर पनि फर्किने गरेका छन् । विदेशबाट फर्केर स्वदेशमै केही गर्छु भन्ने युवाको सङ्ख्या भने कमै छ ।

त्यसमध्येका एक सुवेदी तालगायतका केही युवाले विदेशमा सिकेको सीपलाई स्वदेशमा सदुपयोग गर्न थालेका छन् । श्रम र सीप प्रयोग गरेर गाउँमै व्यावसायिक बन्न सके रोजगारीका लागि भौतारिनु पर्दैन भन्ने सन्देश सुवेदी दिएको स्थानीय कृषि उद्यमी गोबिन्द बास्तोलाले बताए ।

www.arthadabali.com