ग्यालेक्सी फोर–के टिभीका सञ्चालक जीबी राईविरुद्ध डिफ्युजन नोटिस

निरेम अपडेट
१४ माघ २०८० १०:११

काठमाडौं – सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ग्यालेक्सी फोर–के टेलिभिजनका सञ्चालकसमेत रहेका जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ।

सहकारी ठगीको मुद्दामा राईविरुद्ध शुक्रबार इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीले राईविरुद्ध डिफ्युजन नोटिस जारी गर्न पुस ५ गते प्रहरी प्रधान कार्यालयमा पत्राचार गरेको थियो।

पत्रअनुसार इन्टरपोलको नेपाल शाखा नेसनल सेन्ट्रल ब्युरो (एनसीबी)ले प्रहरी अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमा पत्राचार गरेको थियो।

डिफ्युजन नोटिस जारी भएसँगै इन्टरपोलका १९६ सदस्य राष्ट्रले उनीमाथि निगरानी तथा खोजी गर्ने छन्।

उनलाई भेट्नासाथ नेपाल फर्काउने प्रक्रिया सुरु हुनेछ। राईविरुद्ध विभिन्न सहकारीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ।