राष्ट्रपतिसमक्ष जापानका राजदूतको शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जापानका राजदूत किकुता यूताकाले शिष्टाचार भेट गर्नुहुँदै

खबर खुराक
१२ पुष २०८० १६:१९

१२ पुस, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जापानका राजदूत किकुता यूताकाले शिष्टाचार भेट गर्नुभएको छ ।

बिहीबार राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलसमक्ष जापानका राजदूत यूताकाले शिष्टाचार भेट गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

प्रवक्ता भट्टराईका अनुसार भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र जापानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा स्वतन्त्रताका लागि व्यक्त गरेको निशर्त सम्मानका लागि नेपालीले खुला दिलले प्रशंसा गरेको बताउनुभयो । साथै नेपालको सामाजिक तथा आर्थिक विकासको क्षेत्रमा जापानले लामो समयदेखि पुर्‍याइआएको सहयोगका लागि पनि राष्ट्रपति पौडेलले धन्यवाद व्यक्त गर्नुभयो ।

यसैगरी, आजै राष्ट्रपतिसमक्ष थाईल्याउड अधिराज्यका लागि नेपालका आवासीय नवनियुक्त राजदूत धनबहादुर वलीले पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यालयमा आयोजित एक समारोहका बिच वलीले राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । उक्त अवसरमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउदलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।