पुर्वेली टाईगर लाई अलमुल्ला सरोकार गोल्डकपको उपाधि

निरेम अपडेट
५ फागुन २०८० २१:१५

कुबेत/ “प्रथम AL MULLA EXCHANGE अलमुल्ला सरोकार गोल्डकप फुटबल प्रतियोगिता २०२४” को उपाधि पुर्वेली टाईगरले चुम्योएको छ। भने किरात याक्थुङ चुम्लुङ कुबेत (FC) उप-बिजेता बनेको छ।कुवेतको फाहाहिल स्थित सुकसवा फुटबल खेल मैदानमा हिजो १६ फेब्रुअरी २०२४ का दिन भव्य रूपमा सम्पन्न भएको थियो । प्रतियोगितामा जम्मा १३ टिमको सहभागिता रहेको थियो।

अध्यक्ष सुर्य लामाको सभापतित्व तथा महासचिव राजु धिमालले संचालन गरेको कार्यक्रममा नेपाली दूतावास कुवेतका राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यता रहेको थियो। गैर आवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वज लामा,नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको अध्यक्ष राज मल्ल, AL MULLA EXCHANGE कुवेतका नेपाली बजारका मार्केटिङ म्यानेजर भुवान सुबेदी,लगायत कुवेतमा कृयाशिल विभिन्न संघ-संस्थाका प्रानीनिधिहरुको आतिथ्यता उपस्थिती रहेको थियो।

उक्त प्रतियोगितामा प्रथम पुरस्कार नगद २५१ केडी, कप, प्रमाणपत्र र मेडल; दोश्रो पुरस्कार नगद १५१ केडी, कप, प्रमाणपत्र र मेडल साथै उत्कृष्ट टिम,उत्कृष्ट खेलाडीहरु र उत्कृष्ट गोलकिपर लाइ पनि पुरस्कृत सहित मेडल र प्रमाण पत्रले सम्मान गरेको थियो।