“सोल्टि एक्स्प्रेस मार्ट” अन्तर नेपाली फुटबल प्रतियोगिता १० मे मा हुने

निरेम अपडेट
२४ वैशाख २०८१ १६:२१

कुवेत। आगामी शुक्रबार अर्थात १० मे का दिन कुवेतमा भखरै मात्र खुलेको नेपाली मार्ट “सोल्टि एक्स्प्रेस मार्ट” को मुख्य प्रायोजनमा अन्तर नेपाली खुला फुटबल प्रतियोगिता हुने भएको छ। सोल्टी एक्स्प्रेस मार्ट नेपाली उत्पादनलाइ अन्तर्राष्ट्रिय बजारसम्म परिचित गराउँदै विदेशि मुद्र नेपाल भित्र्याउने उदेश्यका साथ भखरै मात्र कुवेतको माबुल्लाको ब्लक २ को रोड नं २३९ मा खुलेको छ।खेल १० मे शुक्रबारका दिन दिउँसो ठिक २:३० बजेबाट सुक सभा स्थित फुटबल मैदानमा सुरु हुनेछ। किरात यक्थुङ चुम्लुङ, नेपाल कुवेत सरोकार समाज, किरात राई यायोक्खा कुवेत, पुर्वेली टाइगर, मगर संघ कुवेत ग्रुप A बाट समावेस छन भने ग्रुप B बाट धनकुटा फुटबल क्लव,न्यु गोर्खाली फुट्बल क्लव, नेपाल तामाङ घेदुङ, नुवाकोट धादिङ रसुवा समाज र गोर्खा वारिअर्स गरि जम्मा १० टिमले भाग लिएका छन।

नेपाली ट्रेडिसनल खाने कुराहरु, र नेपालमै उत्पादन भएका नेपाली ब्रान्डहरुलाइ अन्तर्राष्ट्रिय वजरिकरण गर्ने उदेश्यले नेपाली व्यवासायिहरुले सो मार्ट खुलाएको हो। नेपाली मौलिक उत्पादनहरु जस्तै टिम्मुर, सिस्नु, च्याउ, गुन्द्रुक, सिन्की, फापरको पिठो, मकैको पिठो मकैको च्याँख्ला, अकबरे खुर्सानी, नेपालमा बनेको आँप, लप्सी, गुन्द्रुक, टिम्मुर, तामा, आदि बाट बनेको अचारका परिकारहरु तथा चाट मसाला, पानी पुरी र पानी पुरिका मसला, चटपटे मसाला, मो:मो मसला तथा सिजनल फलफुलहरु नेपालबाट सिधा कुवेत निर्यात गरि कुवेतको बजार सम्म सप्लाइ गर्ने उनिहरुको उदेश्य रहेको सोल्टी एक्स्प्रेस मार्ट्का सञ्चालक मनिष केसिले बताएका छन।

सोल्टी एक्स्प्रेस मार्ट्मा रानाध्वोज लामा, दिलकुमार पाख्रीन, सुरज मास्के र मनिष केसिको बराबर स्वामित्वमा रहेको छ। सोल्टी एक्स्प्रेस मार्ट कुवेतमा भखर स्थापना भएको कारण कुवेतका सबै नेपालीहरु समक्ष पुग्न सकिरहेको छैन। फुटबल खेलको माध्यमद्वारा पनि केही थप नेपालिहरु समक्ष परिचय र वहाँहरु सम्म पुग्ने जमर्को गर्दै यो अन्तर नेपाली खुला फुटबल प्रतियोगितामा आयोजना गरेको हो।