निरेम भलिबलको उपाधी कल्याणकारीलाई , आयोजक दोस्रो

निरेम अपडेट
१२ फागुन २०८० २१:५०

कुवेत / निरेम भलिबल प्रतियोगिता २०२४” को उपाधि कल्याणकारी नेपाली युवा समाजले हात पारेको छ ।कुवेतस्थित माबुलाको खेल मैदानमा २३ फेब्रुअरी २०२४ का दिन भव्य रूपमा सम्पन्न भएको थियो । BEC Exchange / City express एक्सचेन्जको मुख्य प्रायोजनमा संचालित उक्त भलिबल प्रतियोगितामा जम्मा १९ टिमको सहभागिता रहेको थियो।

भने कल्याणकारी नेपाली युवा समाज कुवेत बिजेता साथै द्वितीय आयोजक Nirem Team र तृतीय लुम्बिनी समाज रहेका छन् । प्रतियोगितामा प्रथम हुनेलाई १५१ केडी, द्वितीय १०१ केडी र तेस्रो हुने टिमलाई ५१ केडी नगदसँगै ट्रफि, मेडल र प्रमाणत्र तथा उत्कृष्ट खेलाडीहरू लाइ पनि ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो। उक्त भलिबल प्रतियोगितामा BEC EXCHANGE / CITY EXPRESS को मार्केटिङ टिमबाट विशेष आकर्शक गिफ्ट ब्यागहरु, विशेष खेलाडी हरुलाई उपहार स्वरुप प्रदान गरिएको थियो ।

हजारौं दर्शकहरूका बिच खेलाइएको भलिबल खेलको बिजेता र उपबिजेता टिमहरुलाई गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतका अध्यक्ष रण ध्वज लामा, मगर संघ कुवेत कार्यबाहक अध्यक्ष:जय आले मगर, बहराइन एक्स्चेन्ज कम्पनी(BEC) कुवेतका प्रतिनीधीको हातबाट पुरस्कार वितरण गरिएको थियो। एकदमै भब्य र सब्य रुपमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न पार्न प्रत्यक्ष वा परोक्ष रुपमा आर्थिक, भौतिक एवं बौद्दिक क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनी,रेफ्री, खेलाडी, पत्रकार, कलाकार र उपस्थित सम्पूर्ण खेलप्रेमी दर्शकवृन्दलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि आयोजना हुने हरेक गतिविधिहरुमा सबैको यसरी नै सहयोग रहने अपेक्षा राख्दै निरेम ग्रुपले कार्यक्रम समापन गरेको थियो ।