कुवेतमा नेपाली चलचित्र ‘चित्रा’ २९ फेब्रुअरीदेखि प्रदर्शन हुने

निरेम अपडेट
१४ फागुन २०८० २०:३४

कुवेत – कुवेतमा नेपाली कथानक चलचित्र ‘चित्रा’ २९ फेब्रवरीदेखि लाग्ने भएको छ। चलचित्रलाई कुवेतमा नेपाल परोपकार समाजले क्यान्सर पीडितको सहयोगार्थ प्रदर्शन गर्न लागिएको हुदा कुवेतवासी सम्पूर्ण नेपालीहरुलाई चलचित्र हेरि पुन्य कार्यमा सहभागि हुन अध्यक्ष धिरेन सुबेदीले हार्दीक अनुरोध गरेका छन्।

सन्तोष अधिकारीको प्रस्तुतिमा अर्पण थापा, प्रमोद अग्रहरी, सन्तोष अधिकारी, मेनुका प्रधान, सुवेक्षा खड्का, अञ्जना बराइली र सिमरन खड्काको मुख्य अभिनय रहेको छ। घनश्याम लामिछानेको निर्देशनमा बनेको यस चलचित्रको कार्यकारी निर्माता सन्तोष अधिकारी हुन्।

आसप इन्टरटेनमेन्ट आशिष थापा मगरको निर्मातृत्वमा बनेको यो चलचित्रको कथा अजय अधिकारीले लेखेका छन् भने पटकथा र संवाद मनिष गौतमको रहेको छ। चलचित्रको निर्माण प्रमुख प्रतिमा थापा हुन् भने लाइन प्रोड्युसर कृष्ण बद्र थापा रहेका छन्।

तारानाथ न्यौपाने प्रमुख सहायक निर्देशक हुन्। सम्पादन बनिश शाह र सन्देश शाहले गरेका छन् भने फिल्म मिक्सिङ मुकेश शाहले गरेका छन्। दीक्षित पौडेलले गीत एरेन्ज गरेका छन् भने श्याम स्वेत रसाइलीले गीत मिक्सिङ गरेका छन्।

गीत/संगीत राजनराज शिवाकोटीको रहेको यस चलचित्रमा गायकहरू मिलन नेवार र राजनराज शिवाकोटी नै रहेका छन्। डबिङ सुजन बादलले गरेका छन् भने महेश पौडेले डेप गरेका छन्।