`वसन्त´ को घोषणा, गायक प्रकाशको निर्देशन र कथा

निरेम अपडेट
२४ वैशाख २०८१ १३:११

गायक प्रकाश सपूतले फिल्म निर्माणको घोषणा गरेका छन् ।  सपुतले ‘वसन्त’ नामक फिल्म बनाउने घोषणा गरेका हुन् ।फिल्मको मुख्य भूमिकामा प्रकाश आफैँले अभिनय गर्नेछन्  भने  निर्देशन पनि प्रकाश स्वयंले गर्नेछन् । प्रकाश फिल्ममा ‘वसन्त’को भूमिकामा देखिनेछन् । उनको अपोजिटमा रहने पात्रको नाम शान्ती हुनेछ ।

जसले विद्रोह गरेर अन्तरजातीय विवाह गर्नेछ । फिल्ममा यो भूमिका स्वस्तिमा खड्काले निर्वाह गर्नेछिन् । गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने फिल्मको छायांकन भदौमा हुनेछ । फिल्म आउँदो वर्षको चैते दसैँको छेको पारेर रिलिज हुनेछ।