नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाका मे ३१ मा हुने

निरेम अपडेट
१७ वैशाख २०८१ ०:४०

कुवेत / नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाका नेपालका राष्ट्रिय ख्याति प्राप्त कलाकार शिव परियार र रचना रिमालको साथमा हुने भएको छ ।  कुवेतस्थित जिलिबको इन्डियन स्कुल संगै रहेको स्पायर स्कुलको सभाहलमा ख्याति प्राप्त गायक शिव परियार र गायिका रचना रिमालको साथमा ३१ मे २०२४ शुक्रवारको दिन पाचौं सांगीतिक धमाका गर्न लागिएको कार्यक्रम संयोजक दामोदर बटलाले जानकारी दिएका छन ।

कुवेत सरकारले प्यालेस्टाइनप्रति एक्यबद्द्ता जनाउदै अनिश्चितकालका लागि सांगीतिक कार्यक्रम स्थगित साथै अन्य ठुला कार्यक्रम नगर्ने घोषणा गरेकाले समाजले २४ नोभेम्बर २०२३ मा हुने कार्यक्रम स्थगित गरेको थियो । कुवेत नगरीमा सन् २०१४  मा ‘समाज र देश निर्माणका लागि यूवा एकता’ भन्ने मुल नाराका साथ स्थापना भएको सस्थाले  पहिलो, दोश्रो, तेश्रो र चौथो सांगीतिक धमाका चर्चित कलाकारको साथमा सम्पन्न गरिसकेको छ ।

सो कार्यक्रममा स्थानीय कलाकारको समेत सांगीतिक प्रस्तुती रहने छ । कुवेतको नेपाली समाजमा स्थापना  कालदेखी नै बिभिन्न सामाजिक कार्यमा समाज सक्रिय छ ।

कार्यक्रमको विवरण

मितिः ३१ मे २०२४

स्थान: स्पायर इन्डियन स्कुल जिलिब

समयः बिहान ११ बजे देखी

आयोजक : नेपाल कुवेत सरोकार समाज