सागर एस वाइबालाई भाषाभाषी गीतको विधाबाट उत्कृष्ट गायकको अवार्ड

निरेम अपडेट
२२ फागुन २०८० १५:१२

रारा राष्ट्रिय म्युजिक अवार्ड २०८० भव्य रुपमा सम्पन्न भएकाे छ । कनका सुन्दरी फिल्मसको आयोजनामा फागुन १६ गते काठमाडौंको राष्ट्रिय सभगृहमा पदम बहादुर रोकायाको अध्यक्षतामा सम्माननीय सभामुख श्री देवराज घिमिरे ज्यु द्वारा समुदघाटन गरि अग्रज संगीतकार राजकुमार बगर सहित विभिन्न अग्रज कलाकार, विभिन्न क्षेत्रमा सक्रिय रहेर सेवा गरिरहेका समाजसेवीहरूले समारोहमा कलाकारलाई सम्मान तथा अवार्ड प्रदान गरेका हुन्। समारोहमा प्रथम देउडा गायक स्वर्गीय महाशंकर देबकोटाको नामबाट महाशंकर राष्ट्रिय प्रतिभा पुरुस्कार२०८० वरिष्ठ देउडा गायिका श्री सेतु खड्कालाई प्रदान गर्दै नगत सहित सम्मान पनि गरिएको थियाे । त्यसै गरि यो वर्ष समाजसेवी संस्थाका प्रमुख सल्लहकार श्री रतननाथ योगिलाई सम्मानित गरिएको छ ।

पत्रकारिता क्षेत्रमा गिता अधिकारी सम्मान गरिएको थियोे ।  रारा राष्ट्रिय म्युजिक अवार्ड २०८० मा कार्यक्रममा मागल प्रस्तुति देउडा प्रस्तुति हुड्के प्रस्तुति अपि हिमाल सांस्कृतिक समाजको छलो प्रस्तुति श्रीएन्त्र एजुकेशन फाउन्डेशन स्कुल मनहरा, ६ काठमाडौको NCC समुहको नित्य प्रस्तुति प्रस्तुत रहेकाे थियाे । कार्यक्रममा टेक तामाङ र जय सिं कुमाई सुजन बम–दोधारमा छु ले पपुलर अवार्ड प्राप्त गर्नुभएको छ भने भाषाभाषी गीत बाट आफ्नो छुट्टै पहिचान बनाउन सफल तामाङ म्हेन्दोमाया गीत सङ्गीत को म्हेन्दोमाया किङ को उपनाम ले परिचित लोकप्रीय गायक सागर एस वाइबाले दोस्रो सस्करण को रारा राष्ट्रीय म्युजिक अवर्ड मा भाषाभाषी सर्वोत्कृष्ट गायकको विधा अन्तरगत चर्चित गायक हरु जय सिङ कुमाइ, छत्र शाही, बिरेन्द्र झा अनि नवराज कलौनी लाइ पछि पार्दै केप्पा योङ योङ बोल को म्हेन्दोमाया गीत बाट सर्वोत्कृष्ट भाषाभाषी गायकको अवार्ड सागर एस वाइबाले हात पार्न सफल भएको छ्।

बाँकी कलाकारमा १.उत्कृष्ट राष्ट्रिय भावको गीत अजय पल सिंह— छोरो नेपालको २. उत्कृष्ट गीत निश्चल दवाडी शम्भु कुँवर— माइली ३. उत्कृष्ट गितकार (आधुनिक/पप) पद्मा लिङ्खा मगर— अम्मली पो भए रोहित घिमीरे— सान्बाबु ४. उत्कृष्ट संगीतकार (आधुनिक/पप) राम कुमार रिमाल— पुरा भयो सपना ५. उत्कृष्ट गायक (आधुनिक/पप) डेविट शंकर— सधै यस्तै मिठा कुरा ६. उत्कृष्ट गायिका (आधुनिक/पप) निता आचार्य— मनको धोको ७. उत्कृष्ट नव गायन (आधुनिक/पप) निमा शेर्पा— भन आज ८. उत्कृष्ट मोडल पुरुष (आधुनिक/पप) पुष्प खड्का— अम्मली पो भए ९. उत्कृष्ट महिला मोडल (आधुनिक/पप) बर्षा शिवाकोटी— पानी दर १०.उत्कृष्ट नव मोडल महिला (आधुनिक/पप पवि शाखी— जुम्ला ११. उत्कृष्ट नव मोडल पुरुष (आधुनिक/पप) अंशु बर्मा— सुन चादी २ १२. उत्कृष्ट म्यूजिक भिडियो निर्देशक (आधुनिक/पप) डि.वी खड्का— सधै यस्तै मिठा कुरा १३. उत्कृष्ट शब्द रचनालोक दोहोरी याम प्र. निउरे— तिम्रो घरबार १४. उत्कृष्ट लय (लोक दोहोरी) डा. शिव सुवेदी— दुःख टर्या छैन १५. उत्कृष्ट लोक दोहोरी गायक कुमार कार्की – मनको चाहाना १६. उत्कृष्ट लोक दोहोरी गायिका पूर्णकला वि.सी.— माइली १७. उत्कृष्ट मोडल पुरुष लोक दोहोरी सागर लम्साल— वनै ज्यू दाजै ज्यू १८. उत्कृष्ट मोडल महिलालोक दोहोरी एन जेड सालु— आँखैमा बस्छौकी माया १९. उत्कृष्ट नव मोडल (लोक दोहोरी) गणेश भट्ट— मैसाप २०.उत्कृष्ट लोक दोहोरी म्यूजिक भिडियो निर्देशक मिलन श्रेष्ठ— मनमा तिमी २१.उत्कृष्ट छायाङ्कार विरेन्द्र भट्ट— नपार दोधारमा २२. उत्कृष्ट सम्पादक अमृत चापागाई— म त मर्छु होला २३. उत्कृष्ट एरेन्जर दिसाल निरौला -— किन मरिन म-२ २४. उत्कृष्ट श्रृङ्गार विमला तामाङ्ग— सकम्बरी २५. उत्कृष्ट अडियो मिक्सिङ्ग मनोज परियार— भिर माउरी २६. उत्कृष्ट गायक भाषाभाषी सागर एस वाइबा— केप्पा योङ योङ २७. उत्कृष्ट गायिका भाषाभाषी कृष्णा सिराडी— बास घुघुती दिपा रोकाय— सालीभिना जुरि अवार्ड २८. उत्कृष्ट नव प्रतिभा गायन (भाषाभाषी) पशुपति खनाल— सँगै लैजा मलाई २९. उत्कृष्ट लाइभ दोहोरी गायक छत्र शाही ३०.उत्कृष्ट जुरि अवार्ड पुनम तुल्स्यान-म तिम्रो यादमा सागर मैनाली-तिम्रो मायाले मेरो मायालाइ रेशम कुमार बि.क- योमन बद्री शाह- नेपाल भन्दामाथी कोही छैन